२ असार २०८१, शनिबार | Sat Jun 15 2024

युकेको चौथो सम्मेलन सम्पन्न, अध्यक्षमा खिम्दिङ



युके: किरात धर्म तथा साहित्य उत्थान संघ राष्ट्रिय समिति युकेको चौथो सम्मेलन सम्पन्न भएको छ ।

२३ मार्च २०२४ गते शनिवार आयोजित सम्मेलनमा आदिवासी जनजाति महासंघ युकेका अध्यक्ष कर्म पहाडी शेर्पाको प्रमुख आतिथ्यमा सम्पन्न सम्मेलनमा  किरात याक्थुङ चुम्लुङ युकेका उपाध्यक्ष खगेन्द्र लाओती, महासचिव जुरेन्द्र खजुम, आदिबासी जनजाति पत्रकार महासंघ युकेका अध्यक्ष सुर्यबंशी मंगरको उपस्थिती रहेका थिए ।

राष्ट्रिय विभूति महागुरु फाल्गुनन्द लिङदेन र किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङ तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देनहरुको तस्विरमा  दीपजलन गरेर प्रमुख अथितिले कार्यक्रमको उद्घाटन भएकाे थियाे ।

उद्घाटन सत्रपछि आयोजित बन्द सत्रमा किरात धर्म साहित्य उत्थान संघ राष्ट्रिय समिति युकेका सचिव लाल लिङदेनले संस्थाको सांगठनिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।  कोषाध्यक्ष हर्क आङदेम्बेले आर्थिक प्रगति प्रतिवेदन प्रस्तुत गरे । यसरीनै युकेमा माङहिम निमार्ण गर्न संकलन भएको आर्थिक बिषयमा माङहिम कोषाध्यक्ष कृष्ण लिङदेनले आय व्यय प्रस्तुत गरेका थिए ।

उपाध्यक्ष राजेन्द्र खिम्दिङको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्य समितिहरु गठन भएकाे छ ।  खिम्दिङको नेतृत्वमा गठित कार्यसमितिमा उपाध्यक्षहरु नन्दा चेम्जोङ, तिल लाओती, केवाहाङ चेम्जोङ, निर्मल पतङवा, लाल लिङदेन निर्वाचित भएका छन् ।

यसरीनै सचिवमा पर्बत राई, सह सचिवद्धय ज्ञानु फुरुम्बो चरपे, निराज माबोहाङ, कोषाध्यक्षमा हर्क आङदेम्बे, सह कोषाध्यक्षमा कुमुद नेम्बाङ र मनिस सेर्मा निर्वाचित भएका छन् ।

सदस्यहरुमा क्रमशः देबिन्द्र सेर्मा, गीता राई, निर्मला मादेन राई, काजीमान ओख्राबु, कुल तुम्बापो, दिवस थोप्रा, उतर पतङवा, पार्वती लिङदेन, चन्द्रकुमार लिङदेन, हरि लाओती, डिक ब.साम्सोहाङ, प्रेम प्रसाद पन्धाक, तारा चेम्जोङ, गीता योङहाङ, गोबिन्द मादेन, तेज थेबे, सान नेम्बाङ, रनसिं माबो, केन्द्र इजम, राजकुमार नुगो, चुन बहादुर लिङदेन, कुल योङहाङ, सीता थेबे, उज्वल चोङबाङ क्याक लगायत रहेका छन् ।

संघको नव कार्य समिति गठनसँगै अन्य भातृ संगठनहरु पनि गठन गरिएको थियो । किरात साम्यो साक्थिम्गेन पान्जुम्भो युके, किरात साम्यो नालिफुङवा पान्जुम्भो युके र माङहिम निमार्ण समिति पनि गठन गरिएको हो ।

प्रिया खिम्दिङको संयोजकत्वमा किरात साम्यो नालीफुङवा पान्जुम्भो युके गठन गरिएको छ । पान्जुम्भोको उपाध्यक्षमा प्रजन चोङबाङ, सचिव तागेरा इधिङगो, कोषाध्यक्ष कुमुद नेम्बाङ र सदस्यहरुमा हरि बोखिम, तान्छु इधिङगो गरी ११ सदस्य समिति गठन गरिएको हो ।

त्यसैगरी ज्ञानु फुरुम्बो चरपेको संयोजकत्वमा किरात साम्यो साक्थिम्गेन पान्जुम्भो युके गठन गरिएको छ । यसरी गठित समितिमा उपाध्यक्ष पर्वत राई, सचिव निराज माबोहाङ, कोषाध्यक्ष सिङलाहाङ पतङवा, सदस्यहरुमा प्रिया खिम्दिङ, मुक्कुम खजुम, मणि चोङबाङ, बिक्रम ओख्राबु, श्रीजु राई, समिर पतङवा, उतर पतङवा, हेमा अन्छङबो, अनिता लिङदेन, इक्सा पतङवा, हाङसाम पतङवा लगायत रहेका छन ।

लोचन चोङवाङको संयोजकत्वमा माङहिम निमार्ण समिति समेत गठन भएको छ ।  कोषाध्यक्ष कृष्ण लिङदेन, सदस्य श्रीजु राई लगायत ९ सदस्यीय माङहिम निमार्ण समिति गठन भएको  छ ।

यसरी निर्वाचित समितिहरुलाई निर्वाचन मण्डल संयोजक गणेश इमज, सदस्य डा. कमला आङदेम्बेद्वयले सफत ग्रहण गराउनु भएको थियो ।

किरात धर्म साहित्य उत्थान संघ राष्ट्रिय समिति युकेका अध्यक्ष रामकुमार सिंथेबेको अध्यक्षतामा सम्पन्न संघ युकेको चौथो सम्मेलनमा समितिका उपाध्यक्ष राजेन्द्र खिम्दिङले स्वागत मन्तब्य राख्नुभएको थियो । भने, सचिव लाल लिङदेन र सहसचिव पर्बत राईले कार्यक्रम सञ्चालन गरेका थिए ।

प्रकाशित मिति : १३ चैत्र २०८०, मंगलबार  २ : १६ बजे