२१ बैशाख २०८१, शुक्रबार | Fri May 3 2024

गृहमन्त्री लामिछाने किरात धर्मगुरु दर्शनभेट



माङसेबुङः उपप्रधान एवं गृहमन्त्री रबि लामिछाने किरात धर्मगुरु मुहिङगुम अङसीमाङ आत्मानन्द लिङदेन सेइङ भेट दर्शन भएको छ ।

शुक्रबार इलामको माङसेबुङमा उपप्रधान तथा गृहमन्त्री रबि लामिछाने किरात धर्मगुरु मुहिङगुम अङसीमाङ आत्मानन्द लिङदेन सेइङ भेट दर्शन भएको हो । भेट दर्शनमा युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठ समेत आएका थिए ।

आजै जनमत पार्टीका अध्यक्ष तथा संसद डा. चन्द्रकान्त राउत गुरु भेटदर्शनमा आएका थिए । इलाम २ मा हुनगईरहेको उप निर्वाचन नजिकिदै गर्दा गुरुभेट दर्शनको भिड बढ्न थालेको छ । जनमत पार्टीको तर्फबाट इलाम २ मा पहिचानवादी नेता प्रेमदिप थाम्सुहाङलाई उम्मेदवार घोषणा गरेका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट पत्रकार मिलन योङहाङलाई अघि सारेका छन् ।

 

प्रकाशित मिति : १६ चैत्र २०८०, शुक्रबार  ५ : ४६ बजे