१२ बैशाख २०८२, शुक्रबार | Fri Apr 25 2025

मिलन लिम्बुलाई, इलामले घण्टी बजाएरै छोड्ने दाबी: लामिछाने



इलाम : इलाम क्षेत्र नम्बर २ मा उपनिर्वाचनका लागि उम्मेदवार सार्वजनिक कार्यक्रममा बोल्दै उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले मिलन लिम्बुलाई आफ्नो दलले उम्मेदवार बनाएको बताउँदै इलामले घण्टी बजाएरै छोड्ने दाबी गरेका छन् ।

शनिवार इलाम क्षेत्र नम्बर २ मा उपनिर्वाचनका लागि उम्मेदवार सार्वजनिक कार्यक्रममा बोल्दै उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले मिलन लिम्बुलाई आफ्नो दलले उम्मेदवार बनाएको बताउँदै इलामले घण्टी बजाएरै छोड्ने दाबी गरेका हुन ।

लामिछानेले स्वर्गीय नेता सुवास नेम्वाङको विरासत बोक्न इलामको माटोमा राष्ट्रिय स्वतन्त्र पार्टी आएको बताएका छन् ।

उनले सुवास नेम्वाङलाई श्रद्धाञ्जली व्यक्त गर्दै उनको सम्मानका लागि इलाममा उम्मेदवारी उठाएको भन्दै नेम्वाङको विरासत रास्वपाले धान्ने उल्लेख गरे । परिवारका सदस्यले मात्र विरासत नधान्ने बताउँदै उनले भने– ‘राजनीतिमा त राजनीति नै चल्छ, परिवारमा दसैं तिहारमा टिका लगाउने काम त भइनै हाल्छ, राजनीतिमा राजनीति नै हुनुपर्छ, यो हामीलाई सुवास नेम्वाङले सिकाउनुभएको कुरा हो । सम्मानपूर्वक प्रतिस्पर्धा गर्ने आँट र अठोटका साथ हामी मैदानमा आएका छौँ ।’

लामिछानेले एक अर्कासँग लड्ने नभई इलाममा जनता जित्नका लागि लड्न आएको दावी गरे । अहिलेसम्म नेताले चुनाव जितेपनि इलामले चुनाव नजितेको बताउँदै अब इलामलाई जिताउन आग्रह गरे ।  चुनावका बेला बाटोको चर्चा चल्ने, किसानका चर्चा हुने तर चुनाव जितेपछि त्यसलाई बिर्सने अवस्था रहेकोले त्यसलाई निरन्तरता दिने कि परिवर्तन गर्ने सोच्ने बेला आएको उल्लेख गरे ।

उनले पहिचान र समावेशीका बारेमा बोल्दै पार्टीबाट इन्दिरा राना उपसभामुख, पार्टीको प्रमुख सचेतक सन्तोष परियार, पार्टीको सचेतक कान्छी सांसद रहेको र पार्टीको उपनेता विराजभक्त श्रेष्ठ रहेको बताउँदै चौथो ठूलो दल निकै समावेशी र पहिचानयुक्त रहेको उल्लेख गरे ।

Nayabulanda.com

 

प्रकाशित मिति : १७ चैत्र २०८०, शनिबार  ६ : २० बजे