२१ बैशाख २०८१, शुक्रबार | Fri May 3 2024

माङसेबुङमा मेयर हर्कराज साम्पाङको उपस्थितिमा विशाल आमसभा हुदै



किरात समाचारः इलामको माङसेबुङ ५ भालटारमा पहिचान पक्षधरकोे चुनावी आमसभा हुने भएको छ ।

चैत २१ गते धरान उपमहानगरपालिका मेयर हर्कराज साम्पाङको प्रमुख अतिथ्यतामा माङसेबुङ ५ भालुटारमा पहिचान पक्षधरकोे चुनावी आमसभा हुने भएको हो ।

आमसभालाई भव्य बनाउन विभिन्न उपसमिति गठन गर्दै, चुनावी सभामा प्रमुख वक्ताका रुपमा मेयर हर्कराज साम्पाङका साथमा राष्ट्रिय कलाकारहरु सिर्जना निङलेकु, सबिना योङहाङ, सिदान्त खड्का, कंचन थलङ, तृसना नेम्बाङ, दिपा सुहाङ, सुनिता थेगिमको बेजोड सांगितिक प्रस्तुति हुनेछ ।

‘कोशी’ नाम विरुद्व आन्दोलनरत प्रदेश नं. १ पुनः नामाङकन संयुक्त संघर्ष समितिले पहिचान पक्षधरहरुको आसन्न इलाम क्षेत्र नम्बर २ को प्रतिनिधिसभा उपनिर्वाचनमा साझा उम्मेदवार डकेन्द्रसिंह थेगिमलाई बनाएको हो ।

संघर्ष समितिमा नेपाल आदिवासी जनजाति महासंघ, किरात याक्थुङ चुम्लुङ, किरात राई यायोक्खा, नेपाल शेर्पा संघ सहितका विभिन्न पहिचानवादी राजनैतिक दलहरु सहित ४१ वटा घटक सहभागी छन् । उनीहरुले साझा उम्मेदवारका रुपमा अगाडि सारेका थेगिमसँग ३० बर्ष शिक्षण गरेको अनुभव छ ।

पहिचान पक्षधरहरुले ‘उपनिर्वाचनलाई आन्दोलनकै रूपमा उपयोग गर्ने गरी डकेन्द्रसिंह थेगिम लिम्बूलाई साझा उम्मेदवार बनाउने निर्णय गरेको हो । प्रदेश १ को नाम कोशी राखेसँगै आन्दोलनरत संघर्ष समितिले पहिचानलाई नामेट पार्न कोसिस गरिएको भन्दै त्यसका विरुद्ध पहिचानको पक्षमा उम्मेदवारी दिएको हो ।

इलाम २ मा वैशाख १५ गते उपनिर्वाचन हुँदैछ । त्यसका लागि चैत २४ गते उम्मेदवारी दर्ता गर्ने गरी निर्वाचन आयोगले चुनावी तालिका सार्वजनिक गरिसकेको छ । गत निर्वाचनमा निर्वाचित नेकपा एमालेका तर्फबाट चुनाव जितेका उम्मेदवार सुवाषचन्द्र नेम्वाङको निधन भएपछि रिक्त इलाम २ मा उपनिर्वाचन हुन लागेको हो ।

प्रकाशित मिति : १८ चैत्र २०८०, आइतबार  ३ : ५३ बजे