२१ बैशाख २०८१, शुक्रबार | Fri May 3 2024

झापामा थेगिमहाङ बंश दाजुभाई तथा चेलीबेटी भेटघाट कार्यक्रम सम्पन्न



झापा । केरुङ थेगिमहाङ बंशका दाजुभाई तथा चेलीबेटी भेटघाट तथा परिचयात्मक सहित भब्य बनभोज कार्यक्रम सम्पन्न भएको छ ।

केरुङ चोत्लुङ सङजुम्भो चुलाचुली इलामको प्रमुख आयोजनामा झापाको शिबशताक्षी –१० दोमुखा पर्यटन पार्कमा चैत्र १७ गते उक्त कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा केरुङ बंशका अग्रज राजनीतिकर्मी,गितसङ्गितकर्मी,सामाजसेवी,सामाजिक ब्यक्तित्व लगायतको व्यापक उपस्थिति रहेको थियो।

केरुङ चोत्लुङ सङ्जुम्भोका केन्द्रिय सल्लाहकार अग्रज ब्यक्तित्व रमेश केरुङ को सभाध्यक्षता, केरुङ चोत्लुङ सङ्जुम्भोका निवर्तमान सल्लाहकार, नेपाली कांग्रेश पाँचथरका पुर्व जिल्ला सभापती नरेन्द्रकुमार केरुङ को प्रमुख आतिथ्यमा केरुङ चोत्लुङ सङजुम्भोका नवनिर्वाचित अध्यक्ष सुरेन शिशिर केरुङ, निवर्तमान अध्यक्ष तेज बहादुर केरुङ, थेगिम बंशावलीका लेखक भिम बिक्रम जबेगु, बंशावलीका प्रकाशक जनक शेन जबेगु, दिलिप जबेगु ‘मिर्मिरे साईला’ सहित बिशिष्ट थेगिम ब्यक्तित्वहरुको आतिथ्यता रहेको थियो ।

सिक्किमबाट आमन्त्रित मौलिक गित–सङ्गित र बाद्यबादक कलाकार बि.बि. केरुङ को प्रस्तुतिले दर्शकलाई भरपुर मनोरन्जन दिलाएका थिए । त्यसैगरी गायक सिद्वान्त खडका, गायक राजेन्द्र केरुङको प्रस्तुतीले थप माहौल रोमाञ्चक बनेको थियो ।

झापा, मोरङ, सुनसरी, इलाम, पाँचथर, काठमाडौ लगायत सिक्किम, गेन्टोक बाट समेत केरुङ बन्धुहरुको उपस्थिती थियो ।

प्रकाशित मिति : १९ चैत्र २०८०, सोमबार  १ : २५ बजे