४ फाल्गुन २०८१, आइतबार | Sun Feb 16 2025

पहिचान र अस्तित्व रक्षाको लागि मेरो उम्मेदवारी : डकेन्द्र सिंह थेगिम



माङसेबुङ ।  पहिचान र अस्तित्व रक्षाको लागि   इलाम २ मा स्वतन्त्र उम्मेदवारी दिएको स्वतन्त्र उम्मेदवार डकेन्द्र सिंह थेगिमले  बताएका छन्  ।

स्वतन्त्र उम्मेदवार डकेन्द्र सिंह थेगिम जितौं अभियान चुनाव प्रचार प्रसार समिति माङसेबुङ इलामको आयोजनामा बुधबार इलामको माङसेबुङ ५ भालुटारमा सम्पन्न चुनावी आमसभामा बोल्दै उनले पहिचान पक्षधर सबैले मत दिएर बिजयी हुनेमा विश्वस्त रहेको बताएका हुन् ।

‘यो चुनावमा सहभागी जनाएको नभएर पहिचान र अस्तित्वको आनदोलनलाई जारी राख्दै उपयोग मात्र गरेको हो’ डकेन्द्र सिंह थेगिमले भने, ‘पुर्खादेखि रहि आएको इतिहास र सभ्यतालाई बचाउनको निमित्त भएपनि इलामे जनताले मलाई बिजयी गराएर प्रतिनिधि सभामा पठाउनु हुनेछ भन्नेमा विश्वस्त छु ।’

‘मेरो उम्मेदवारी एकल जातिय ढंगले चलिरहेको मुलक बिरुद्धको बिद्रोह हो’ थेगिमले भने, ‘अहिलेसम्म एकात्मक शैलीमा यो मुलुक चलिरहेको छ, त्यसको बिरुद्ध प्रतिकारको रुपमा यो मेरो उम्मेदवारी रहेको छ । त्यसैले मलाई आगमी चुनावमा मतदान गरेर बिजयी गराउनुको बिकल्प छैन ।’

उनले भने, ‘यदि मेरो बिजयी प्राप्त हुन सकेन भने फेरि पनि आन्दोलनहर हुन सक्छ, अशान्ति हुन सक्छ र समृद्धिमा आँच आउन सक्छ त्यसैले शान्ति, समृद्धि र पहिचान र अस्तित्व रक्षाको निमित्त मैले जित्नुको विकल्प छैन ।’

मलाई बिजयी गराउनु भयो भने, कोशी प्रदेश नाम एकल जातिय एकल गोत्रीय ढंगले राखिएको छ, जुन नाम खारेज गरेर पहिचानको आधारमा, संस्कृति सभ्यता र भाषाको आधारमा अस्तित्वको आधारमा पुनः नामाङकन गर्न प्रतिनिधि सभामा बुलन्द आवाज उठाउने छु, थेगिमले भने ।

साझा उम्मेदवार बनेका थेगिमले किरात धर्म तथा साहित्य उत्थान संघको केन्द्रीय अध्यक्ष र फाल्गुनन्द स्मृति प्रतिष्ठानको अध्यक्षबाट राजीनामा दिएको घोषणा गरेका छन् ।

उनले इलाम २ को उपनिर्वाचनका लागि उम्मेदवारको रुपमा अघि सारिएसँगै आफुले नेतृत्व गरिरहेको दूईवटै संस्थाबाट राजिनामा दिनुपर्ने माग सहित माङसेबुङका केहि युवाहरुबाट असन्तुष्टि आइरहेले युवाहरुको माग र विचारलाई सम्मान गर्दै संघ र प्रतिष्ठानको अध्यक्षबाट राजीनामा दिएको बताए ।

प्रकाशित मिति : २२ चैत्र २०८०, बिहिबार  १२ : १७ बजे