इलाम । पहिचान पक्षधरका स्वतन्त्र उम्मेदवार डकेन्द्रसिं थेगिमको उम्मेदवारी फिर्ता गराउन खोजिएको मेयर हर्क साङपाङले बताएका छन् ।
पहिचान पक्षधर ४१ घटकका साझा उम्मेदवार थेगिमलाई मन्त्रीहरू नै आएर विभिन्न प्रलोभन देखाइ उम्मेदवारी फिर्ता गराउन खोजेको साङपाङले दाबी गरेका हुन् ।
इलाममा मंगलबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै साङपाङले पैसासँग पहिचान कसैले बेच्न नहुने तर्क गरे । उनले भने, ‘पहिचानवादीको इतिहास लेख्न एउटा अक्षरको रूपमा तपाईं जोडिनुहोला । जसरी इतिहास लेख्न धरानबाट आएर एउटा अक्षरको रूपमा म जोडिएको छु ।’
थेगिमको चुनावी सभामा बोल्दै भद्रप्रसाद ९स्वागत० नेपालले दलहरूलाई ठगको संज्ञा दिए । प्रतिनिधि सभा निर्वाचनमा सभामुख देवराज घिमिरेसँग स्वतन्त्र उम्मेदवारको रूपमा झापामा प्रतिस्पर्धा गरेका नेपालले ‘ठग व्यवस्था’को अन्त्यको लागि थेगिमको समर्थनमा उभिएको बताए ।
आख्यानकार युग पाठकले समेत थेगिमको पक्षमा मत मागे । लामो समयदेखि राज्यसत्तामा बसेकाहरूले जनताको ‘शीर ढाल्ने काम’ गरेकोले नै पहिचानको पक्षमा आफू उभिएको पाठकले बताए ।