१ चैत्र २०८२, आइतबार | Mon Mar 16 2026

कवि थेगुबाको तेस्रो कृति ‘सपनाहरुको बही’



दमक । कवि अभागी थेगुबाको कविताकृति ‘सपनाहरुको बही’ को लोकार्पण गरिएको छ ।

स्रष्टा पब्लिकेशन्सको पहिलो प्रकाशनका रूपमा शुक्रबार एक कार्यक्रमका बीच थेगुबाको कृति लोकार्पित गरिएको हो ।

वरिष्ठ साहित्यकार केशव आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमका बीच प्राज्ञद्वय मुनाराज शेर्मा, सुमित्रा वाङ्देल चेली, वरिष्ठ गीतकार शिव शंकर थापामगर, सामाजिक अगुवा बालचन्द्र सुब्बा, वरिष्ठ पत्रकार चन्द्र भण्डारी, साहित्यकार हेम अधिकारी, हस्त परियार, कवि कृष्ण बराललगायतले संयुक्त रूपमा कृति लोकार्पण गरेका थिए ।

श्रष्टा पब्लिकेशन्सका अध्यक्ष सुन्दर कुरूपको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सुरुमै स्रष्टा पब्लिकेशन्सको समेत विधिवत शुभारम्भ गरिएको थियो । कृति बारे कवि प्रकाश बुढाथोकी, प्रकाश थाम्सुहाङ र लीला अनमोलले बोलेका थिए ।

आफ्नो कृति बारे थेगुबाले विषयवस्तु प्रकाश पार्दै एउटा कविता वाचन गरेका थिए भने कार्यक्रमका सहभागीलाई पब्लिकेशन्सका कोषाध्यक्ष याम थुलुङले स्वागत गरेका थिए ।

थेगुबाकृत ‘सपनाहरुको बही’मा लामा र छोटा गरी ५१ वटा कविता संग्रहित छन् भने थप पाँच वटा कोरोना कालका कवितालाई संग्रहमा समावेश गरिएको छ । करिब तनि दशकदेखि निरन्तर साहित्य लेखनमा क्रियाशील उनका बुद्धले अश्त्र कविताकृति (२०५८) र हर्के, म अनि युद्ध गजलकाव्य (२०६७) प्रकाशित छन् ।

कबिता लेख्दा गणितका चिन्ह र सुत्रहरुसमेत प्रयोग गरेर थेगुबाले फरक पहिचान स्थापित गरेका छन् ।

Mangsebungnews.com

प्रकाशित मिति : ११ जेष्ठ २०८१, शुक्रबार  ५ : ४९ बजे