४ बैशाख २०८३, शुक्रबार | Fri Apr 17 2026

संघकाे तेह्रथुम जिल्ला शाखा भवन ७० प्रतिशतले काम सम्पन्न



तेह्रथुम: तेह्रथुमको म्याङलुङ नगरपालिका वाड नं. १ मा रहेको येग्गेडाडामा किरात धर्म तथा साहित्य उत्था संघ जिल्ला शाखा तेह्रथुमको भवन ७० प्रतिशतले काम सम्पन्न भएको छ ।

सो भवनको लागि सघन शहरी तथा भवन निर्माण आयोजना अन्र्तरगत २०८०/०८१ सालको योजनामा ५० लाखको १७ प्रतिशतको बिलोमा माठमाण्डौमा रहेको के एस वाई निर्माण एन्ड सप्लायर्स कम्पनीले ठेक्का पारेको थियो ।

ठेक्का पाए लगातै २०८० साल चैत्र १४ गतेबाट काम सुरू गरेको योजनालाई २०८१ सालको असार १५ गते सम्मनमा काम सम्पन्न गर्ने गरी कामलाई तीब्र रुपले अगाडी बढीरहेको के एस वाई निर्माण एन्ड सप्लायर्स कम्पनीका प्रोजेक्ट म्यानेजर सुबाश बाबुु मगरले बताए ।
भवनको काम ७० प्रतिशतले सम्मन्न भएको छ । बाकी ३० प्रतिशत भवनको काममा मेसीनरी वाल,प्लास्टर र रङ रोकनको काम मात्र रहेको छ । सो कामलाई २०८१ साल असार १५ भित्रमा सम्मन्न हुने गरी काम धमाधम सन्चालन भईरहेको कम्पनीका प्रोजेक्ट  मगरले बताए ।

प्रकाशित मिति : १७ जेष्ठ २०८१, बिहिबार  ६ : ३५ बजे