२ श्रावण २०८१, बुधबार | Wed Jul 17 2024

सेवा भनेको हाम्रो पेवा हो – किरात धर्मगुरु



(वि.स. २०७९ साल कार्तिक २६ गते इलामको माङसेबुङस्थित निजी गुरु आश्रममा आयोजित किरात धर्म दर्शनदाता, महान समाज सुधारक तथा राष्ट्रिय विभूति महागुरु फाल्गुनन्द लिङ्देनज्यूको १३८ औं जन्मजयन्ती कार्यक्रममा मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङज्यूले दिनु भएको आशीर्वचनको सम्पादित अंश ।)

ओत तागेरा निङ्वाभू माङे सेवारो !
श्रद्धालु भक्तजनहरु आज अमेरिका, अष्टेलिया, इङ्ल्याण्ड र भारतका विभिन्न ठाउँ भूटान, आसाम र बर्मा लगायत विभिन्न ठाउँबाट आउनु भएका हाम्रो भक्तजनहरु गुरु उपदेश सुन्नलाई तपाईंहरु तरखरमा हुनुहुन्छ । विश्वभरीबाट हेरिरहनु भएको छ । हाम्रो भक्तजनहरु किरात धर्मावलम्बीहरु विश्वमा छरिएर बसेका छन् ।

हिजोको दिन महागुरु फाल्गुनन्दको जन्मजयन्तीलाई हामी विश्वभरी मान्न सफल भएका छौं । मान्छे भएर मान्छे हुनलाई धर्म चाहिँन्छ । मान्छे भएर मान्छे हुनलाई धर्मको आवश्यकता पर्छ । धर्म थिएन भने, पशु सो सरह हुन्छ । यो स्वभाविक कुरा हो । हामी सत्य लोकमा जन्मेका छौं । संसारमा हामीले दुई खुट्टाले हिड्ने भएर जन्म्यौं । र, हामीमा सोच्ने शक्ति, सम्झिने शक्ति, बुझ्ने शक्ति सबै कुराहरु लिएर आएका छौं । तर, हामी आएपछि एउटा लोभमा भूल्छौं ।

हाम्रो सोच्ने शक्ति पनि हराई हाल्छ । सम्झिने शक्ति पनि हराई हाल्छ । माङ सम्झिने शक्ति पनि हराई हाल्छ । अनि बिडम्बना यो अचम्म छ । त्यसले गर्दा सारा किरातीहरुलाई के भन्छु भने, सम्झिने शक्ति, सोच्ने शक्ति, बुझ्ने शक्ति प्राप्तिको लागि तपाईंहरु अगाडि बढ्नुहोस् । तपाईंहरुसँग म हार्दिक अनुरोध गर्न चाहन्छु । हिजो म मुक्कुमलुङको काखमा पुगेको थिए । यसरी हामी ताप्लेजुङ जिल्लाको फुङलिङमा गएको थियौं । त्यहाँ मूल देव देवताको नजिक पुगेको थिए । मलाई मुक्कुमलुङ माङलाई दर्शन गर्ने ज्ञान आएपछि म त्यहाँ गएँ ।

त्यसमा मुक्कुमलुङ माङले मलाई दर्शन दियो । मैले त्यहाँ महागुरुको जन्मजयन्तीलाई र विश्वका निमित्त मैले सम्बोधन गरे । महागुरुको शालिकलाई अनावरण गरे । त्यहाँ माङहिमलाई मैले उद्घाटन गरे । त्यहाँका भक्तजन सम्पूर्ण किरात र गैह्र किरात सबै भेला भएका थिए । त्यसलाई सम्बोधन गर्न पाउँदा मलाई खुशी लागेको छ । हिजोको महागुरुको जन्मजयन्ती विश्व व्यापि मान्न हामी सफल भएका छौं ।
यसलाई हामी विश्व महोत्सव पनि मान्न सक्छौं । हाम्रो साधनले अलिकति धोका दिएर अलि कामहरु ढिलो भयो । साधन समयमै आएको भएदेखि म सबै कामहरु भ्याईदिन्थे । त्यहाँका बुद्धिजीवि, विद्धान मित्रहरुले आफ्नो दुःखहरु मसँग राख्नु भएको छ । मैले त्यो दुःखहरु सम्झेको छु । हाम्रो धर्ममा हाम्रो मान्छेहरु बढ्दैछ । तर एउटा बिडम्बना के छ भन्दा हाम्रो संघ–संस्थाहरु छन् हाम्रो धर्म बढाउनपट्टि अलि लागि राखेका छैनन् ।

या चाहिँ मलाई अलिकति चिन्ता लागेको छ । यहाँ दुई वटा संस्था छ । त्यसले पनि भ्याएको छैन् । उनीहरुले नभ्याएको ठाउँमा म आफैं गएर भ्याउने पनि गरेको छु । त्यसले गर्दा यो कुरा पनि सम्झिनु पर्नेछ । दिनरात हाम्रो मान्छे बढिराखेको छ । यसपालिदेखि मान्छे अत्यन्तै व्यापक बढ्दैछ । त्यसले गर्दा यसलाई हामीले समेटेर, मनन् गरेर अगाडि बढाउनु पर्ने छ । तपाईंहरु सबैले आफ्नो धर्मको प्रचार गर्ने, आफ्नो धर्मलाई अगाडि बढाउने तपाईंहरुको कर्तव्य हो । अब युवा पुस्तालाई हामीले सेवासाबा बनाउनुपर्छ । सबैलाई सेवा पु¥याउँनुपर्छ । सबैको घरमा उनीहरुको मनोकांक्षाहरु पूरा गरिदिनु हाम्रो कर्तव्य हो ।

विश्व भरिका हाम्रो भक्तजनहरुले सेवा नछोडनु भनेर मैले जहिले भन्ने गरेको छु । सेवा भनेको हाम्रो पेवा हो । सेवाले हामीलाई रक्षा गर्छ । हामी यहाँ धेरै ठूल–ठूला सेवाहरु लगाएका छौं । त्यसले हामीलाई धेरै रक्षा गरेको छ । संसार भनेको अनौठो दिशातिर, अप्ठ्यारो दिशातिर अगाडि बढिरहेको छ । विश्व शान्ति गराउनु हाम्रो कर्तव्य हो । यसलाई शान्ति भयो भने हामी बाँच्न सफल हुन्छौं । तपाईंहरु यहाँ म बसेको ठाउँमा आएर बस्नुभएको छ । यहाँ ताप्लेजुङका, मधेशका, पहाडका मान्छेहरु तपाईंहरु पाल्नुभएको छ ।

सबैभन्दा राम्रो कुरा हो । तपाईंहरुले एउटा कुरा सम्झिनु, हामीलाई आपत पर्छ । हामीलाई अभर पर्छ । कस्तो खालको अभर पर्छ भने, हामीले नजान्ने, नबुझ्ने किसिमका रोग व्यथाहरु आउँछ । रुघा, मार्गीहरु आउँछ । विश्व महामारी आउँछ । त्यसबाट जोगिन पनि तपाईंहरुलाई म अनुरोध गर्न चाहन्छु ।

हाम्रो शरीर पनि पञ्चतत्वले सृष्टि भएको छ । यो पृथ्वीको अंग पनि पञ्चतत्वले सृष्टि भएको छ । यसरी ब्रम्हाण्डमा रहेका सबै कुरा पञ्चतत्वले सृष्टि भएको छ । त्यसले गर्दा यो पञ्चतत्वको एउटा मार्ग हुन्छ । त्यो विग्रन्दै गएको छ । फेलारल पे आङ वा? त्यसले गर्दा हामी जोगिनको निम्ति सेवा गर्न बाहेक अरु उपाय छैन् । अब, पञ्चतत्वलाई दुरुस्तै राख्नलाई सेवा गर्नैपर्छ ।

जब ईश्वरको प्रार्थना गर्छौं । हामी सुत्दा, उठ्दा ईश्वरलाई जब सम्झिन्छौं । त्यो हाम्रो र ईश्वरसँग नजिक हुने एउटा मार्ग हो । त्यसले गर्दा तपार्इं हामी ओछ्यानमै बसेर भए पनि सुतेरै भएपनि जहाँ बसेपनि ईश्वरलाई सम्झिनु भनेर तपाईंहरुलाई सिकाउने काम मैले गरिराखेको छु । तपाईंहरुको शरीर सफा सुग्घरको निमित्त मैले सिकाएको छु । तपाईंहरुले अभक्ष चिज नखानु, जाँड, रक्सी नखानु भन्दा कोही साथीहरु यहाँ रिसाउँछन् । रिसाउन दिनुपर्छ । तर नखानु पर्ने रहेछ भन्ने बाटोमा पछि आफैं आउँछन् ।

नखाने चिज नखानु, मासुमंस भेटायो भने जथाभाबी नखानु त्यसमा बिस पसेको हुन्छ । त्यसले के हुन्छ भने, हाम्रो शरीरमा लो प्रेसर, हाई प्रेसर भएर कुजे भइन्छ । लौरोसँग एखङ गर्दै हिडिराखेको हेर्नु भएको छ नी, त्यो खान पीउनको टुंगो नभएर त्यो बिमार आइराखेको हुन्छ । त्यसले गर्दा चुरोट नखानु भनेर मैले तपाईंहरुलाई सिकाई राखेको छु । चुरोट खाँदै गएपछि आन्द्रा, भूँडीको पार्ट–पार्टमा, कुना–कुनामा गएर त्यसले मिक्सिक हेकेदम्बा चारुल तेरु अनि त्यो भएर भोलि गएर हाम्रो शरीर ड्यामेज गर्छ ।

त्यसले गर्दा यी सारा कुराहरुबाट तपाईंहरु बच्नुहोस् । रोग लाग्नबाट बच्ने कोशिस गर्नुहोस् । मलाई लाग्छ यतिको समाजमा तपाईंहरुले सिग्रेट खानुभएको छैन् । खैनी खानु भएको छैन् । तपाईंहरुको शरीर अलिकति कहीँ न कहीँ त सफा भएको छ । जाँड, रक्सी खानु भएको छैन भने कहीँ–कहीँ शरीर सफा भएको हुन्छ ।

तपाईंहरुले जाँड खाने, रक्सी खानेहरुलाई हेर्नुभएको छ प्यारालाइसिस भएका छन् । जाँड खान पाएन भने, विजुवा, धामी बराबर काम्छन् । यस्तो किसिमको बिमारहरु पनि हाम्रो शरीरमा आइराखेको छ । त्यसले गर्दा यि सारा तत्वबाट आफ्नो शरीरलाई स्वच्छ राख्नुहोस्, मेरो बिन्ति छ । तपाईंहरुको शरीरलाई स्वच्छ भयो भने तपाईं बाच्न सक्नुभयो । तपाईंहरु बिमारबाट बच्नुभयो । त्यहीँनै एउटा अमूल्य सम्पति हुने ठह¥याउँछु हैं ।

त्यसले गर्दा आज महागुरुको जन्मजयन्तीको समापन कार्यक्रमको अवसरमा म यो कुराहरु बोल्न पाउँदा मलाई खुशी लागेको छ । म एउटा कुरा भन्छु, अहंकार, क्रोध, घमण्डले मान्छेलाई के गर्छ ? तपाईंहरुले हेर्नु भएको छ । युक्रेनको समस्या तपाईंहरुले हेरिराख्नु भएको छ । त्यो अहंकार, क्रोध र घमण्ड हो । त्यो लाखौं अर्बौको बम पड्की राखेको छ । त्यो बमले हामीलाई पनि असर गरिराखेको छ । त्यहाँ लाखौं मान्छे मरिराखेको छ । त्यो मान्छेको असर हामीलाई पनि परिराखेको छ ।

 

त्यसले गर्दा अहंकार र क्रोध भयो भने त्यस्तो हुन्छ । त्यसले गर्दा म के भन्छु भने, तपाईं हामीमा शान्ति कायम गरेर बस्नुपर्छ । बाँझ्नु हुँदैनन् । बाझियो भने, क्रोध, घमण्ड, अहंकार सुरु हुन्छ । सुरुभएपछि त्यसले हामीलाईनै नाश गर्छ । त्यसले गर्दा क्रोध, घमण्ड र अहंकारलाई अलि पर राख्ने गरौं । हाम्रो केटाकेटीहरु, हाम्रो बच्चाहरुलाई पनि हामीले सुधार बनाउनुपर्छ । समयमै विद्धानको बाटोमा लगाउनु पर्छ । यो पनि तपाईंहरुसँग म हार्दिक अनुरोध गर्न चाहन्छु ।

त्यसले गर्दा हाम्रो धर्मले धेरै कर्महरु दिन्छ । कर्म गर्ने तरिकाहरु छ । तपाईंहरुले जान्नुपर्छ । मैले तपाईंहरुलाई धेरै कुराहरु सम्झाईं राखेको छु । सालिन्दा सम्झाउने काम गरिराखेको छु । महागुरुको जन्म जयन्तीको अवसरमा, कहिले धार्मिक प्रवचनको अवसरमा कहिले कुनै प्रोग्रामको अवसरमा तपार्इंहरुले सुन्न पाइरहनु भएको छ । त्यसले गर्दा मेरो नजिक बस्नेहरु यहानेर ठूला–ठूला महामारीहरु आयो भने कुखुराले चल्ला ओथरे जस्तो मेरो पखेटाले भ्याएसम्म चाहिँ ओथनै प्रयास गर्छु ।

तपाईंहरुलाई बचाउने प्रयास गर्छु । तपाईंहरुले देख्नु भयो, अस्ति कोरोना आएको थियो । कोरोनाकालमा मैले धेरै मान्छेहरु बचाई राखे । र, कोरोनाले यो संसारबाट धेरै मान्छे पनि उठाएको छ । धेरै मान्छे गइसकेका छन् । अब यसको बाजे आउँछ । त्यति बेला तपाईंहरु चङखो रहनु, म यहीँ भन्छु ।

कोरोनाको त बाजे पो आउँछ । त्यसले गर्दा तपाईंहरुलाई मेरो ठूलो सूचना हैं । चङ्खो रहनु । टाढा टाढा गएर बस्नु भएको छ भने, मेरो नजिक आउनु । तपाईंहरुलाई जग्गा जमिन दिएको छ । जग्गा जमिनमा आएर घर बनाएर बस्नुहोस् । खेती गर्न त हामी झापा जाऊँ, मोरङ जाऊँ, सप्तकोशी जाउँ जहीँ जाउँ तर यहीँ नीर खानुपर्छ । बस्नुपर्छ । र त्यो डर लाग्दो एउटा महामारी आउँछ । त्योसँग हामी बच्ने कोशिस गरौ । म त्यो तपाईंहरुसँग हार्दिक अनुरोध गर्न चाहन्छु ।

अहिले एउटा समस्या आएको छ । एउटा राष्ट्रमा मान्छे डाइरेक्ट नागरिक लिन थालेको छ । त्यहा किन भन्दा कोरोनाले मान्छे लागिसक्यो । त्यसमा हाम्रो मान्छेले पनि त्यहाँ नाम निकालेका छन् । त्यो चाहिँ नगरौ । हामी पनि बाँचौ, हाम्रो देशमै बसौ । र, बरु पैसा कमाउन जाँउला । पैसा ल्याउँला त्यतैको नागरिक नबन्ने र यहाँ स्थानीय हामी बरु नजिक आएर बस्नुहोस् ।

त्यसो गर्दा ठूलो महामारी आइगयो भने, मैले अघि भने, कुखुराको माउले चल्ला ओथरेको जस्तो मेरो पखेटाले भ्याउने सम्म चाहिँ म ओथार्न सक्छु । यो अनुभव मलाई भएको छ । र, हामी कोरोनाको समयमा मैले ओथर्न सफल भएको छु । तर टाढा हुनेलाई चाहिँ मैले ओथर्न सक्दिन । मैले पनि टाढा हुनेलाई बचाउन सक्दिन । नजिक हुनेलाई चाहिँ मैले ओथर्न सफल भएको छु ।

तपाईंहरुलाई बचाउन पनि सफल भएको छु । र, मलाई यसले एउटा अनुभव र ज्ञान दिएको छ । त्यसले गर्दा तपाईंहरु नजिक नजिक आउनुहोस् । बस्नुहोस, बाँभmनु भएनन् । जुँध्नु भएनन् । मेलमिलापको आधारमा सबै समाजमा मिलेर बसौं । र ठूलो महामारी आयो भने, मैले तपाईंहरुलाई ओथर्न सफल हुन्छु र सक्छु । तर टाढा टाढा हुनुभयो भने चाहिँ मन मात्रै पुग्छ । त्यहाँ पुग्न म सक्दिन । त्यसले गर्दा तपाईंहरुले यो पनि एउटा कुरो सोचेर अगाडि बढ्नु ।

यो ज्ञानको भण्डार सानो हुन्छ । सामाजिक, व्यवहारहरु, सामाजिक ज्ञानहरु, व्यतिmगत व्यवहारहरु, व्यतिmगत ज्ञानहरु, व्यतिmगत समस्याहरु, व्यतिmगत विवेकहरु, सामाजिक विवेकहरु यो हामीले गर्न सक्नुपर्छ, अनि हुन्छ । त्यसले गर्दा तपाईंहरु हिजोदेखि आजसम्म बस्नु भएको छ । हिजो म माथि ताप्लेजुङ जिल्ला मै बस्ने थिए । तर, मेरो माङ मानेन । मेरो माङले जाउँ भन्यो हामी रातारात आइपुग्यौं ।

यो कार्यक्रम भ्याउनु पनि मेरो आशा थियो । तर बाटोको रुटले गर्दा मैले भ्याउन सकिन र पनि मैले भ्याएको नै भनेर सम्झिन्छु । हाम्रो कार्यक्रमहरु धेरै ठाउँ स्वदेश विदेशदेखि लगेर सबै ठाउँमा हामी सफल भयौं । र, सफल भएर हाम्रो चोत्लुङ उठेको छ । त्यसले गर्दा मलाई खुशी लागेको छ ।

तपाईं हाम्रो चोत्लुङ उठेको छ । केहीँ हामीलाई रक्षा हुन्छ भन्ने मलाई लागेको छ । र हामी धर्मावलम्वीहरुले आफनो धर्मलाई प्रचार गर्नुपर्छ । हामीले सुनाउनु पर्छ । कसरी भने सम्झाउनु पर्छ उ रिसायो भने पनि नरिसाउनु होस् हैं भनेर फकाउनुपर्छ । त्यसो गर्दा हाम्रो धर्म अगाडि बढ्छ । हाम्रो धर्म विश्वमा बढिसक्यो । अब विश्व धर्म हुन्छ । भोलि गएर विश्वले मान्ने धर्म हुन्छ । विश्वले हामीलाई चिन्ने दिन आउँछ ।

त्यसले गर्दा हामी त्यो बाटोमा अगाडि बढिसकेका छौं । हाम्रो सहयोग छ । हाम्रो मन छ । धन हुनेले धन छ । मन हुनेले मन छ । यी सारा कुराहरु जुटाएर हामी अगाडि बढाइसकेका छौं । र, यो अवश्य हुन्छ यो सिद्धि हुन्छ भन्ने पनि मलाई लागेको छ । अब तपाईंहरुले त माङवाहाङवा माग्नु भयो । उहिले पुर्खाहरुले मागेको जस्तो माछा मात्रै नमाग्नु होला । मैले यो कुरा हिजो पनि भनेको हो । पहिले पुर्खाहरुले माछा मात्रै माग्यो । माछाङग लेङगल बालुवा ओ लःमा आङग जन्मेजोकिङग सि अनि खाइहालिन्छ । खाइहाले पछि सक्छ । माछा जस्तै होइन्छ ।

त्यसले गर्दा तपाईंहरुले माङवा हाङवा माग्ने तरिका सिक्नुपर्छ । मैले हिजो पनि भने माङवा हाङवा माग्ने तरिका हुन्छ । माङवा हाङवा माग्दा खेरी जुग–जुग आफनो भावि सन्तानलाई सम्झिनु पर्छ । आनिग हेङ्ग होप्लो । सबै भन्दा पनि, थिबोङहाङ याक्थुङ सा मा त त्यो ज्ञान छैन् । हेल कुसन्तानहा? चाहिँ एउटा छोरा छोरी हो एउटा छोरा राम्रो हुँदै यसको नात सन्तान नष्ट होस् । अब त्यो उहीँ आउने बाटो हो । उसको नात सन्तान नष्ट होस् । यसले गरी खान नसकोस् । यसले जहीँ गएपनि केहीँ गरी खान नसकोस् । यतिकै यो मरोस् भने श्राप गर्छन । हामीले त्यो गर्नु हुँदैन ।

हामीले माग्नुपर्ने नात सन्तान पवित्र होस् । हामी आउने जाने बाटोहरु लिस्नो चाहिँ नहराओस् । माङवारे आदोर, याङले आदोरे, याङमुईरे आदोर, हाङमुईरे आदोरे बोली वचन मुईरे आदोर सबैमा त्यसरी माग्दै जानुपर्छ । तपाईंहरुले माग्नै जान्नुहुन्न ।

उहिले महागुरुले के भन्यो, माथि हेंवा खोला र तमोर खोलाको दोभानमा गालिश्राप बहन्ती गर्यौ । चेलाहरु सबै गएर गर्यो । त्यो बेला चेलाहरु सबैभन्दा धेरै चाहिँ तुम्बापोहरुले नै साथ दिएका थिए महागुरुलाई । गालिश्राप बहन्ती बगाई सक्यो । र सबै गयो । अनि अन्तिममा महागुरुले के भन्यो ? भन्दा मेम्बे हिनी थेन केनाक्तुम लु पातेम्मे भन्दा त के माग्ने माग्ने अल्मल भयो । अनि एक जना बुढोले चाहिँ होइन मलाई हेन खोला ओ लेङ केलबान्धिक चा?मा खोदेन्तिल्ग नुलाबा गुरु भन्दियो । यो लेङ केलबान्धिक चा?मा खोदेत्विल्ग गुरु भन्यो अनि महागुरु अब माग्नेले मागिहाल्यो ।

मागे पछि त दिनैपर्यो । ल आल केघोसु भनिदियो । माथि तमोरको शिरमा ठूलो पानी आएर एउटा भल आयो भलले माछा उफ्रि निस्कियो अनि त्यो माछा पक्रेर उसैलाई जिम्मा दियो । आल्ल फलना ए तिम्रो चित बुझ्यो । किनिङ्वा त्याबी फलना ए ? भनेर भन्यो हाम्रै भाषामा किनिङ्वा त्याबी फलनाए भन्यो । आल कल कुनुमान्धिक गुरु भन्योरे ।

आल कुनुमाङ्ग अचारेन नु रक्सीन चाहाचोगा अनि यसो फेरी महागुरु निङवा इछिङ हेन्नाङ केघोसु । उनीहरुको चेली फाच्चा गएको रहेछ । उसले माइतीलाई भेट्नलाई मरि–मरि चौठोमा रक्सी र चेपमा अचारहरु लिएर आउँदै रहेछ । अनि माइती त्यहीँ भेट्यो ल मेरो माइतीहरु त यहीँ रहेछ भनेर सबै राखिदियो । अनि फेरि महागुरुले सोध्यो । आलग फलना ए किनिङ्वा त्याबी ? तीन चोटी सोध्यो क्या । आनिङ्वा त्या गुरु चाङिल नुलाबा हौ भनेर भन्यो चे…चे..चे भन्यो ।

अब अहिले त्यसले गर्दा त थिबोङ याक्थुङसा भनेको त एउटै होनी । सबै हाम्रो बुद्धि मया, ज्ञान मंंया लेक्धाधिक आबोखे आबे हो । त्यसले गर्दा, हामीले माग्ने कुरा चाहिँ जान्नुपर्छ हैं । अनि त्यहाँदेखि माथिल्लो तलामा दिपक बास्कोटा नाम भन्ने मन्त्री धिक वा त्यसको बाजेले मागेको थियो । त्यसको बाजेले के माग्यो त भन्दा गुरु मसँग जमिन पनि छैन् । पैसा छैन, दुःख छ, मेरो दाजु भाईहरुले पनि हेला गर्छ मलाई ।

गुरु मलाई जमिन देऊ, याङमुई पनि देऊ अनि धन सम्पति देउ, धन दौलत ज्ञान बुद्धि पनि देउ, ज्ञान बुद्धि नाक्तु महागुरुलेग पिरदेसु क्वाइन पैसा निकालेर ला धनि भएर गरी खान्छस् है तैले भनेर भन्दियो । अहिले देशले राष्ट्रले चिन्छ । अब यस्तो छ । अलि माग्ने तरिका पनि सिक्नु पर्छ हैं ।

त्यस कारणले अब हामी हिजो अस्ति माङजाबुङ गएका थियौं । गुरु आमा पुलिस थिक लरिक पुलिस पोङमा मेनाक्तु । गुरु आमाले हेत थे कलरी भन्दियो । ठूलो मागेको पुलिस हुन मागेको । अब हाम्रो बुद्धि त्यस्तो छ । त्यसले गर्दा हामी ज्ञान, बुद्धि, विवेक सबै माग्नु पर्छ । शिक्षा माग्ने, आयु माग्ने, सन्तान माग्नुपर्छ सबै माग्नु पर्छ । हामीले माग्ने तरिका पनि जानौ हैं । मेरो चेलाहरुलाई त मैले सिकाउँदै पो छु है, पढाउँदै पो छु है । तिमीहरुलाई पढाएको होनी । ठूलो तीर्थमा जाँदा के माग्छौ ? ठुलो माङथानमा जाँदा के–के माग्छौ ? ठूलो माङ बसेको ठाउँमा जाँदा के माग्छौ ? त्यो माग्ने तरिका तपाईंहरुले सिक्नु । त्यो तपाईंहरुले जान्नुभएको छैन् ।

त्यसले गर्दा अब मैले विश्व शक्तिको निमित्त मैले हिजो मुक्कुमलुङ माङलाई मागे । विश्व शक्तिको निमित्त मैले मागे । अब म आफैसँग छ । त्यसले गर्दा माग्ने तरिका चाहिन्छ । तिमीहरुले राम्रो कुरा माग्नु । ज्ञान माग्नु, विवेक माग्नु, धन माग्नु, सम्पति माग्नु, शाखा सन्तान माग्नु, युग युगान्तरसम्म चाहिँ बाँच्न पाउँ भनेर माग्नु÷माग्ने तरिका छ हैं । फेरी मागेर नी घमण्ड नगर्नु घमण्ड गर्यो भने त, भष्मासुरको कथा जस्तो हुन्छ । भष्मासुर जस्तो हुन्छ, आफै नाश भइन्छ है ।

हामी त चार माना हुने खाने भएपछि त घमण्ड आइपो हाल्छ । हा..हा…हँु..हँु..ऐ..ले..ऐले…वामा तापेक्लो हो, त्यो चाहिँ गर्नु हुँदैन है । तपाईंहरुले चाहिँ विवेक राख्नु यो कुरामा चाहिँ । यो कुरा सिकाउँछु तपाईंहरुलाई । र, हाम्रो छोरा छोरीहरु कूलतमा नपसोस् । यहाँ हाम्रो केटाकेटीहरु कूलतमा फसेका छन् । यहाँ गाजा खान्छन्, चरेस खान्छन्, डक्टर पनि हुन्छन् । त्यस्तोमा चाहिँ हामी सबैको छोराछोरीलाई गाली गर्नुपर्छ । एक जना विग्रियो भने, गाउँ बिगार्छ । र त्यसबाट बञ्चित गर्नुपर्छ । तपाईंहरुलाई यो पनि हार्दिक अनुरोध गर्ने म चाहन्छु ।

विश्वको हाम्रो धर्मावलम्वीहरु तपाईंहरु आफनो–आफनो ठाउँमा बसेर हेर्नु भएको छ । यो वचन सुन्नुहोस् । यसलाई त सुन, एउटा यो वचन अमृतको माला सम्झेर आत्मामा लगाउनुहोस् । र, तपाईंहरुले धर्मलाई अगाडि बढाउनुहोस् । तपाईंहरु राम्रो व्यवहारलाई उकालो लाउने तरिका साह्रै करेज हुन्छ, तरिका हुन्छ । व्यवहारलाई उकालो लाउने तरिकाहरु साह्रै सिक्नुपर्छ ।

हाम्रो व्यवहार डाउन नभएको भए, हाम्रो ब्यवहार नबिग्रेको भए विदेश जाँदैन थियौं । त्यसले गर्दा हाम्रो आशीर्वाद माग्दा त्यहीँ माछै मात्र माग्छ । गल्ती हाम्रै हो । ज्ञान पनि छैन्, विवेक छैन् । ज्ञान विवेक नभएपछि के हुन्छ ? ज्ञान विवेक केहोप्पाङग सहजै अर्काले छल्छ यति समस्या हो । त्यसले गर्दा तिमीहरु ज्ञानमा माथि उठ्नु, सबै संसारको ज्ञानमा माथि हुनु । ज्ञान विवेक आएपछि सबै कुरामा एकता भएर जान्छ यहीँ कुरा तपाईंहरुसँग म हार्दिक अनुरोध गर्न चाहन्छु । र, यो कार्यक्रम हिजै सक्नु पर्ने, हिजोनै समापन गर्नु पर्ने तर आज मात्रै समापन हुँदैछ ।

तपाईंहरुले अब यत्रो–यत्रो गांग्रो राखेर आशीर्वाद माग्नुभएको छ । यति मात्रै नभएर एक हजार आठ गाग्रो तयारी गरेर महागुरुलाई आशीर्वाद माग्नुपर्छ । हामीले यसलाई फाल्टै कार्यक्रम बनाएर लाने, यसलाई हामीले राम्रोसँग सम्हालेर लानुपर्छ । हिजो मैले के सोचेको थिएँ भने, समयमै फर्किन्छु र चिया रोटी दह्रो खानु पर्यो भनेर सोचेको थिए । महागुरुको जन्मजयन्तीलाई हामी चाडकै रुपमा मान्नुपर्छ ।
हामी विभिन्न परिकारको खानेकुरा खाने विभिन्न परिकारको रोटी पोलेर खाने पर्वको रुपमा हामीले स्थापित गर्नुपर्छ । हामीले देउसी भैलोहरु महागुरुको मुन्धुम लिएर गाउने ? नभए हामीले बलिहाङको मुन्धुम लिएर गाउने, श्रीजङघाको मुन्धुम लिएर गाउने । हामीले यहीँ मुन्धुम लिएर गाउने गरौं । हामीले बलिहाङको कथा लिएर भट्याउने यसमा पनि ज्ञानको कुरा लाएर गाउने गर्नुपर्छ म यहीँ भन्छु तपाईंहरुलाई । बिस्तारै–बिस्तारै गर्दै जाउँ । मैले अब आज तपाईंहरुलाई यो कुराहरु चाहिँ सम्झाएको छु ।

तपाईंहरुले बुझ्ने र हामी यो कुरालाई सम्झेर अगाडि बढ्दै जाऊँ भन्दै अब म लामो जान्न यस पाली महागुरुको जन्मजयन्ती ब्यापक भयो । विश्व महोत्सवको रुपमा अगाडि बढेको छ । यसलाई दिन प्रतिदिन बढाउँदै जाऊँ यहीँ कुरा अनुरोध गर्न चाहन्छु । अब हामी मंसिर १८ गते आइसकेको छ । यसमा विभिन्न खेलकुदहरु पनि हुन्छ । अब हाम्रो बाली नालीहरु पनि उठाउनु पर्ने भएको छ । यिनीहरु पनि चाँडै उठाउनु पर्छ । तपाईंहरुको साथ सहयोग, ज्ञान सहयोग, बुद्धि सहयोग सबै कुरा हामीलाई चाहिएको छ ।

त्यसले गर्दा मैले तपाईंहरुलाई यो ज्ञानहरु दिइराखेको छु । यो भन्दै अब म लामो जान चाहन्न । मेरो तपाईंहरुलाई जो माग्नुभएको छ त्यो आशीर्वाद लागोस् । त्यो आशीर्वाद प्रदान भएको छ । यो कुरा म हार्दिक अनुरोध गर्ने चाहन्छु । र, एउटा कुरा यो माङवा हाङवा लाँदा यो गाग्रोहरु लाँदाखेरी भोलि मात्रै हुन्छ, आज शनिबार हो । शनिबारको दिन चाहिँ हुँदैन भोलि मात्रै उठाउनु ।

यहीँ कुरा अनुरोध गर्दै अब तपाईंहरुले सोच्ने कुरा सुन्नु भयो, सम्झिने कुरा सम्झिनु भयो तपाईंहरु हिजो त रोटी खाँदै तमासा गर्नु भयो । राम्रै कुरा भयो । तपाईंहरुले जाग्रिती गर्नुभयो, माङलाङ केलाङ गर्ने, हाम्रो भजन गाउने हाम्रो संस्कृति हो । हाम्रो रीतिरिवाजका भजनहरु गाउने, हाम्रो माङलाङ केलाङहरु नाच्ने यो हाम्रो संस्कृति हो । त्यसले गर्दा यो कुरा पनि हामीले छाड्नु हुँदैन यहीँ कुरा अनुरोध गर्दै तपाईंहरुलाई आशीर्वाद दिंँदै म आज बिदा लिन चाहन्छु । जय किरात, जय किरात, जय किरात ।

प्रकाशित मिति : ८ असार २०८१, शुक्रबार  ६ : ०८ बजे