६ कार्तिक २०८१, मंगलबार | Wed Oct 23 2024

माङसेबुङ गाउँपालिकाद्वारा उत्कृष्ट ५ कर्मचारीलाई सम्मान



माङसेबुङ । इलामको माङसेबुङ गाउँपालिकाले १५औ गाउँअधिवेशनको अवसरमा उत्कृष्ट ५ जना कर्मचारीहरुलाई सम्मान गरेको छ । गाउँपालिकाको श्रीवृद्धिका लागि गरेको काम, दिएको सेवाको आधारमा कर्मचारीलाई प्रोत्साहन गर्नका लागि सम्मान कार्यक्रम गरिएको पालिकाले जनाएको छ ।

सम्मानित हुनेमा गाउँपालिका कर्मचारीको तर्फबाट सव–इन्जिनियर युवराज दाहाल, स्वास्थ्य तर्फ आदिपुर सामुदायिक स्वास्थ्य इकाईका अहेब सुरेन्द्र साम्बा, विद्यालय तर्फ श्री विद्यालयको प्रअ भुमिका खड्का सम्मानित भएका छन् ।

साथै कार्यालय सहयोगि तर्फ माङसेबुङ गाउँपालिका वडा नं. ६ का कार्यालय सहयोगी भक्तराज राई र माङसेबुङ ६ स्थित श्री सिंहदेवि आधारभूत विद्यालयका कार्यालय सहयोगि सन्तोष राईलाई नगद १० हजार सहित सम्मान पत्र प्रदान गरी सम्म्मान गरेको हो ।

सम्मान कार्यक्रममा पालिका अध्यक्ष हेमन्त राईले दोसल्ला ओडाएका थिए भने, उपाध्यक्ष विनोद नेम्बाङले रकम प्रदान गरेका थिए । सम्मान पत्र प्रमुख प्रशासकीय अधिकृत विनोद चौहानले प्रदान गरेका थिए ।

पालिकाले कर्मचारीको प्रोत्साहनका लागि गाउँसभाबाट कर्मचारी सम्मान शीर्षकमा बजेटको व्यवस्था गरी यस वर्षबाट सम्मान गरिएको पालिकाले जनाएको छ । प्रपअ विनोद चौहानको अध्यक्षतामा भएको कार्यक्रम उमेश खत्रीले सञ्चालन गरेका थिए ।

प्रकाशित मिति : ११ असार २०८१, सोमबार  ११ : १४ बजे