६ कार्तिक २०८१, मंगलबार | Wed Oct 23 2024

२ लाख ४२ बढी भए फेल, १ लाख १५ हजार ८३४ ले दिन पाउने छन् मौका परीक्षा



एसईई परीक्षामा दुई विषयमा फेल (नन् ग्रेडेड) भएका विद्यार्थीका लागि आउँदो साउन १८ र १९ गते मौका परीक्षा तोकिएको छ ।

राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई) मा दुई विषयसम्म अनुत्तीर्ण हुने विद्यार्थीका लागि साउन १८ र १९ गते मौका परीक्षा सञ्चालन गर्ने जनाएको हो ।

बोर्डका अध्यक्ष महाश्रम शर्माका अनुसार ननग्रेड ल्याउनेमध्ये दुई विषयसम्म अनुत्तीर्ण हुनेमा १ लाख १५ हजार ८३४ छन् । त्यसमा ६७ हजार ८९६ जना एक विषयमा अनुत्तीर्ण छन् ।

सार्वजनिक गरिएको नतिजाअनुसार जिपिए ३.६० देखि ४ ल्याउने विद्यार्थीको संख्या ३१ हजार २ सय ९ रहेको छ । यस्तै ३.२० देखि ३.६० जिपिए ल्याउने विद्यार्थी ६८ हजार २ सय ५६ जना छन् ।

बिहीबार सार्वजनिक भएको नतिजाअनुसार २.८० देखि ३.२० जिपिए ल्याउनेमा ७८ हजार ८ सय ७४ जना छन् । जिपिए २.४० देखि २.८० ल्याउनेमा ४१ हजार १ सय ७७ विद्यार्थी छन् ।

यस्तै जिपिए २.०० देखि २.४० ल्याउने २ हजार ९ सय ५० विद्यार्थी छन् । भने जिपिए १.६० देखि २.०० सम्म ल्याउनेमा ६ जना रहेका छन् ।

एसईई २०८० परीक्षामा सहभागी ४ लाख ६४ हजार ७ सय ६५ विद्यार्थीमध्ये २ लाख २२ हजार ४ सय ७२ जना कक्षा ११ मा भर्ना हुन योग्य भएका छन् ।

ननग्रेडिङ (एनजी) हुने संख्या २ लाख ४२ हजार ३ सय १३ रहेको छ ।

प्रकाशित मिति : १४ असार २०८१, बिहिबार  ३ : ०८ बजे