३ माघ २०८१, बिहिबार | Thu Jan 16 2025

प्रधानमन्त्री ओलीले पाए दुई तिहाइ विश्वासको मत



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले दुई तिहाइ विश्वासको मत पाएका छन् ।

आइतबार प्रतिनिधिसभामा प्रधानमन्त्री ओलीले राखेको विश्वासको मत सम्बन्धी प्रस्तावको पक्षमा १८८ र विपक्षमा ७४ मत प¥यो भने एक मत तटस्थ परेसँगै दुई तिहाइ विश्वासको मत पाएका हुन् । प्रतिनिधिसभाका २७५ सदस्यमध्ये आइतबार २६३ जना उपस्थित थिए ।

प्रधानमन्त्री ओलीलाई नेपाली कांग्रेस, नेकपा एमाले, जनता समाजवादी पार्टी, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी र केही स्वतन्त्र सांसदले मत दिएका छन् । यसैगरी नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र एकीकृत समाजवादीले भने विपक्षमा मत दिएका छन् ।

यस्तै नेपाल मजदुर किसान पार्टीका एक मात्र सांसद प्रेम सुवाल तटस्थ रहे ।

प्रकाशित मिति : ७ श्रावण २०८१, सोमबार  १ : ०७ बजे