४ फाल्गुन २०८१, आइतबार | Sun Feb 16 2025

पापोहाङ लाओती सयङको दोस्रो साधारण सभा सम्पन्न, शुक्रीया लाओती सम्मानित



माङसेबुङ । किरात याक्थुङ पापोहाङ लाओती सयङ मुजोत्लुङ पान्जुम्भोको दोस्रो साधारण सभा सम्पन्न भएको छ ।

शनिबार इलामको माङसेबुङ ५ स्थित कार्यलयमा सयङको केन्द्रीय विभिद कार्यक्रमविच सयङको दोस्रो साधारण सभा सम्पन्न भएको हो ।

सयङको दोस्रो साधारण सभामा माङसेबुङको नमुना बिधालयको रुपमा रहेको माङसेबुङमा अवस्थित सरस्वती माबिबाट माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८० मा एकमात्र उतिर्ण हुन सफल शुक्रीया लाओतीलाई किरात याक्थुङ पापोहाङ लाओती सयङ मुजोत्लुङ पान्जुम्भोले सम्मान गरेको छ ।

लाओतीलाई नगद १० हजार सहित सम्मान पत्र र खदा ओढाएर सयङका अध्यक्ष सेरबहादुर लाओतीले बधाई एवं शुभकामना दिदै सम्मान गरेका थिए । साथै उपस्थित सयङका सम्पुर्ण पधाधिकारी तथा सदस्य लगायत लाओती बन्धुहरुले समेत लाओतीलाई खदा ओढाएर सम्मान गरेका थिए ।

सयङका अध्यक्ष सेरबहादुर लाओतीको अध्यक्षतामा सम्पन्न साधारण सभामा संगठन विभागिय प्रमुख तथा उपाध्यक्ष दिल्लीबहादुर लाओतीले संगठनको प्रगति प्रतिवेदन र कोषाध्यक्ष दुधबहादुर लाओतीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रम सञ्चालन महासचिव सुमन लाओतीले गरेका थिए ।

प्रकाशित मिति : ९ भाद्र २०८१, आइतबार  ८ : ०० बजे