६ कार्तिक २०८१, मंगलबार | Wed Oct 23 2024

सरस्वती माध्यमिक विधालयको पुस्ताकालयलाई दुई दर्जनबढि पुस्तकहरु प्रदान



योगेश लावती

माङसेबुङ । हङकङ निवासी लेखक, साहित्यकार तथा समाजसेवी नरजित राईले माङसेबुङ ५ स्थित श्री सरस्वती माविको पुस्ताकालयलाई दुई दर्जनबढि पुस्तकहरु प्रदान गर्नुभएको छ । आइतबार सो पुस्तकहरु नीलम लिम्बुमार्फत विधालयलाई प्रदान गरिएको थियो ।

विद्यालयलाई नेपाली, अंग्रेजी शब्दकोष, लेखक राईद्धारा लिखित पुस्तकहरु र अन्य दुई दर्जनबढी पुस्तक प्राप्त भएसगै पुस्तकहरुले विद्यालयको पुस्तकालयलाई थप समृद्ध बन्न सहयोग गरेको सो विधालय परिवारले जनाएको छ ।

साहित्यकार नरजित राईको रचना शिक्षक केवी तुम्बापोले विधार्थीहरुमाझ कविता वाचन गर्नुभएको थियो । सो पुस्तकको लागि किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द, गुरुआमा साबा पवित्रहाङमा लिङ्देन ज्युहरुको जेठा छोरा सोहि विधालयका पूर्व विधार्थी समेत रहनु भएका लक्ष्मीनन्द लिङदेनले सहजिकरण गर्नुभएको थियो ।

प्रकाशित मिति : ५ कार्तिक २०८१, सोमबार  ४ : ०७ बजे