२ असार २०८२, सोमबार | Mon Jun 16 2025

दमकमा फाल्गुनन्द लिङदेनको जीवन दर्शन र माङइङघङ विषायक अन्तरक्रिया कार्यक्रम सम्पन्न



माङसेबुङ । झापाको दमकमा महागुरु फाल्गुनन्द लिङदेनको जीवन दर्शन र माङइङघङ विषायक अन्तरक्रिया कार्यक्रम विहिबार किरात माङपोक्लुङ माङहिमको हलमा सम्पन्न भएको छ ।

किरात इत्नामको सातौं श्रीङखला किरात माङपोक्लुङ माङहिमका प्रमुख माङसेवासाबा पदम चोङबाङ साँबाले दिप बालेर कार्यक्रमको उद्घाटन गर्नुभएको थियो ।

यसैगरी कार्यक्रममा लेखक तथा अध्येता महागुरु रमेश तुम्बापोले महागुरु फाल्गुनन्द लिङदेनको जीवन दर्शन र माङइघङबारे प्रस्तुत गरेका थिए ।

कार्यक्रममा किरात माङपोक्लुङ माङहिमका अध्यक्ष चिरञ्जीवि खालिङ, आत्मा पवित्र हक्चात यक्चुमका अध्यक्ष मनकुमार आङबुहाङ, अष्ट्रेलिया प्रतिनिधि मजदुर साँबाले आफ्नो कुरा राखेका थिए ।

किरात मल्टीमिडिया, किरात चोत्लुङ, किरात आवाज र इङघङको संयुक्त आयोजना रहेको कार्यक्रमको प्रायोजन बेलायत निवासी टेकबहादुर लिम्बु (निराज) ले कार्यक्रमको प्रायोजन गरेका छन् ।

प्रकाशित मिति : २३ कार्तिक २०८१, शुक्रबार  २ : २५ बजे