१ चैत्र २०८२, आइतबार | Mon Mar 16 2026

ताप्लेजुङमा केबलकार निर्माणलाई लिएर विवाद हुँदा ढुंगामुढा



इलाम : ताप्लेजुङमा पाथीभरा मन्दिरमा जान केबलकार निर्माणलाई लिएर विवाद हुँदा ढुंगामुढा भएको छ।

शुक्रबार दिउँसो तल्लोफेदीमा स्टेशन बनाउन शिलान्यासको कार्यक्रम राख्दा दुई पक्षबीच झडप भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका डिएसपी रवि रावलले जानकारी दिए।

उनका अनुसार एक पक्षले शिलान्यास गर्न खोज्दा अर्को पक्षले त्यहाँ निर्माण गर्न नहुने भन्दै अवरोध गरेको थियो।

Nayabulanda.com

प्रकाशित मिति : २३ कार्तिक २०८१, शुक्रबार  १० : १४ बजे