३ माघ २०८१, बिहिबार | Thu Jan 16 2025

चारखोले शिशिर र निरन्ताको आवाजमा पुर्वेली गित ‘भुईसोरी सेवारो नमस्कार’ सार्वजनिक



किरात समाचार । गायक तथा संगीतकार चारखोले शिशिर लिङदम र गायिका निरन्ता नेम्बाङको आवाजमा सजिएको विल्कुलै नयाँ गित ‘भुईसोरी सेवारो नमस्कार’ सार्वजनिक गरिएको छ ।

रोशन कुलुङ राईको शव्द संकलन तथा चारखोले शिशिर लिङदम कै लय संकलनमा पुर्वेली लोक भाकामा सजिएको गित ‘भुईसोरी सेवारो नमस्कार’ चारखोले म्युजिक अफिसियल युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।

पुर्वी इलामको ऐतिहासिक तथा रमणीय स्थलहरुको बयाण गरिएको गितको संगीत संयोजन मनोज साङसोन राईको रहेको छ । रेकर्डिङ भने किङ्ग स्टुडियोमा सुरेश राईले गरेका हुन् ।

भिडियोलाई अर्जुन खड्काले छायांकन तथा सम्पादन गरेका हुन् ।

भिडियो हेर्नुहोस…

प्रकाशित मिति : ४ मंसिर २०८१, मंगलबार  ७ : ०४ बजे