३ माघ २०८१, बिहिबार | Thu Jan 16 2025

आत्मानन्द गोल्ड कपमा आज दुधे झापा र चुलाचुली झापा प्रतिस्पर्धा गर्दै



माङसेबुङ । इलामको धार्मिक पर्यटकिय क्षेत्र माङसेबुङमा जारि आत्मानन्द गोल्ड कप २०८१ अन्तरराष्ट्रिय फुटबल प्रतियोगितामा आज दुधे यूथ क्लब, झापा र चुलाचुली स्र्पोटिङ क्लब, झापाविच प्रतिस्पर्धा हुदैंछ ।

माङसेबुङ गाउँपालिका–५ स्थित आत्मानन्द रंगशालामा आज मंगलबार दुधे र चुलाचुलीविच प्रतिस्पर्धा हुने भएको हो । खेल दिउँसो २ वजे सुरु हुनेछ ।

यसअघि हिजो सोमबार भएको खेलमा आयोजक युथ अफ माङसेबुङ, इलामलाई ४–१ गोल अन्तरले पराजित गर्दै दमक भाङबारी स्पोर्टिङ क्लब, झापा सेमिफाइनलमा प्रवेश गरेको छ ।

दमकको जितमा पेमा तामाङ, देवेन्द्र तामाङ, रोहन भुजेल र गिल्सन कन्दङवा लिम्बूले गोल गरे । आयोजकका लागि भने एक मात्र गोल आसाङ योङहाङले फर्काए ।

खेलको मेन अफ दी म्याच राष्ट्रिय खेलाडी समेत रहेका दमक झापाका देवेन्द्र तामाङ घोषित भए । उनले ट्रफी र नगद ५ हजार ७१ रुपैयाँ हात पारे ।

मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द ‘सेइङ’ ७१औं जन्मोत्सव तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङदेन नुमाङगेन्ना सेवा महासमारोह २०८१ को अवसरमा आत्मापवित्र खेलकुद समितिको मुख्य संयोजन र युथ अफ माङसेबुङको सह–संयोजनमा खेलको माध्यमबाट मनोरञ्जन र स्वास्थ्य जीवनका साथै किरात धर्मगुरुको शान्ति, एकता, मानवता र अहिंसाको सन्देश छर्न आयोजना गरिएको प्रतियोगिताको फाइनल खेल मंसिर १७ गते हुनेछ ।

प्रकाशित मिति : ११ मंसिर २०८१, मंगलबार  २ : ४७ बजे