३ माघ २०८१, बिहिबार | Thu Jan 16 2025

पालाम ‘माई नु देउमाई’ चारखोले शिशिर र भीमकुमारीको आवाजमा सार्वजनिक



माङसेबुङ । गायक तथा संगीतकार चारखोले शिशिर लिङदम र गायिका भीमकुमारी साम्बाको आवाजमा लिम्बू संस्कृतिमा आधारित पालाम ‘माई नु देउमाई’ सार्वजनिक गरिएको छ ।

चारखोले शिशिर लिङदमको शव्द तथा लय संकलनमा पालाम ‘माई नु देउमाई’ सार्वजनिक गरिएको हो ।

कृष्ण थलङको छायांकन तथा सम्पादन रहेको पालाममा चारखोले शिशिर लिङदम, मिरा फियाक, विवस नेम्बाङ र गीता सम्बाहाङफेले स्टुडियो भिडियोमा फिचरिङ गरेका छन् ।

मनोज साङसोन राईको संगीत संयोजनमा स्टुडियो किङ्मा सुरेश राईले रेकर्ड गरेको पालामको मिक्सिङ तथा मास्टरिङ राजु कार्कीले गरेका हुन् ।

पालाम चारखोले म्युजिक अफिसियल युट्यूव च्यानलबाट सार्वजनिक गरिएको छ ।

पालाम हेर्नुहोस…

 

प्रकाशित मिति : २२ मंसिर २०८१, शनिबार  ४ : २९ बजे