३ माघ २०८१, बिहिबार | Thu Jan 16 2025

माङसेबुङ–३, सल्लेनीमा ट्रकमा च्यापिएर चालकको मृत्यु




माङसेबुङ । इलामको माङसेबुङ–३, फाल्गुनन्द मार्ग(दमक–रवि सडक) अन्तर्गत सल्लेनीमा गएराती ट्रकमा च्यापिएर चालकको मृत्युु भएको छ ।

ट्रक मर्मतको क्रममा पाँचथरको हिलिहाङ गाउँपालिका ७ भारापाका ३८ वर्षीय कुमार तामाङको च्यापिएर मृत्यु भएको प्रहरीले जनाएको छ ।

काठ बोकेको ना ३ ख ६०३७ नम्बरको ट्रकको चक्काको नटबोल्ट भाँचिएपछि जग उठाएर मर्मत गर्दै गर्दा जग भासिएर च्यापिदां गएराती साढे १२ बजे तामाङको मृत्यु भएको जिल्ला प्रहरी प्रमुख (एसपी) प्रभुप्रसाद ढकालले बताए ।

मृतक तामङको सब पोस्टमार्टमका लागि झापाको दमक पठाईएको ढकालले जानकारी दिए ।

प्रकाशित मिति : २ पुस २०८१, मंगलबार  ७ : २१ बजे