माङसेबुङ : सञ्चारकर्मी तथा गितकार टिआर सेनेहाङको शव्द लोकप्रिय गायिका सुनिता थेगिम र पुर्वी स्टार सिजन १ का विजेता अरुण बराईलीको आवाजमा विल्कुलै नयाँ गित ‘चासोक तङनाम’ सार्वजनिक गरिएको छ ।
गायिका सुनिता थेगिमको संगीतमा सजिएको गित ‘चासोक तङनाम’ चासोक तङनामको अवसर पारेर इत्नो ट्यून अफिसियल युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।
इत्नो टिमकै कन्सेप्टमा तयार पारिएको भिडियोलाई इसाक जबेगुले खिचेका हुन् भने, सम्पादन र कलर दिनेश साहले गरेका छन् । भिडियोमा लिब्जु कलेक्शनको पहिरन रहेको छ ।
देबेश राईको संगीत संयोजनमा सेवा रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको गितको मिक्सिङ योगेन मुकारुङ गरेका छन् ।
गितमा सुजन आङदेम्बे र अप्सु योगीले समेत आवजमा साथ दिएका छन् ।
भिडियो हेर्नुहोस…