धरान । नयोङहाङ समाज नेपालको ऐतिहासिक दोस्रो साधारण सभा तथा नयोङहाङ बंशावली २०८१(दोस्रो संस्करण) विमोचन कार्यक्रम सम्पन्न भएको छ ।
प्रदेश १ पुर्व मुख्यमन्त्री राजेन्द्र राईको प्रमुख आतिथ्यमा सम्पन्न गत शनिबार सुनसरीको धरान १० स्थित, शैनिक भवनमा सम्पन्न नयोङहाङ समाज नेपालको ऐतिहासिक दोस्रो साधारण सभाले योगेन्द्र नयोङहाङको अध्यक्षतामा २५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।
नवनिर्वाचि केन्द्रीय कार्यसमितिको पहिलो उपाध्यक्षमा गोपाल नयोङहाङ, दोस्रो उपाध्यक्षमा टंक बहादुर नयोङहाङ, तेस्रो उपाध्यक्षमा रणशेर नयोङहाङ, चौंथो उपाध्यक्षमा भीमतारा नयोङहाङ तेङबुङ, पाचौं उपाध्यक्षमा राजु नयोङहाङ र छैटौं उपाध्यक्षमा यस कुमार नयोङहाङ, महासचिवमा प्रदिप कुमार नयोङहाङ, सचिवमा डम्बर बहादुर नयोङहाङ (यात्री), राम प्रसाद नयोङहाङ, वर्षा सम्बाहाम्फे नयोङहाङ, नरेन्द्र नयोङहाङ र कोषाध्यक्षमा नयन बहादुर नयोङहा चयन भएका छन् ।
यसैगरी सदस्यमा योग बहादुर नयोङहाङ, पदमजङ्ग नयोङहाङ, राजेश नयोङहाङ, सुरेश नयोङहाङ, राम प्रसाद नयोङहाङ, जङ्ग बहादुर नयोङहाङ, अनुषा नयोङहाङ (नुमा), राम कुमार नयोङहाङ, योकराज नयोङहाङ, अनिल नयोङहाङ र सपना नयोङहाङ चयन भएका छन् ।
याक्थुङ लिम्बू समुदाय भित्रको नयोङहाङ थरगतको बंशावलीको विमोचनसंगै केन्द्रीय कार्यसमितिको नयाँ समिति चयन गरिएको नव निर्वाचित महासचिव प्रदिप नयोङहाङले जानकारी दिए ।
नव निर्वाचित अध्यक्ष योगेन्द्र नयोङहाङ र महासचिव प्रदिप नयोङहाङद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा भनिएको छ । विश्वभरका नयोङहाङहरुको साझा र विशुद्ध सामाजिक संस्थाको रुपमा स्थापित यस समाजले नयोङहाङहरुको वंशावली प्रथम संस्करण २०६७ र दोस्रो संस्करण २०८१ प्रकाशन गर्न साथै विश्वभरका नयोङहाङहरुको जनगणना २०७९ जस्ता महत्वपूर्ण कार्यहरु सम्पन्न गर्न सफल भएको जनाएको छ । नयोङहाङ समाज नेपाललाई संस्थागत रुपमा सञ्चालन गर्न सशक्त, मजबुत र एकतावद्ध बनाउन संगठन सुदृढीकरण एवम अभिमुखिकरण कार्यक्रमहरु आयोजना गर्दै सिर्जनात्मक योजनाहरु नयाँ कार्यसमितिले गर्ने प्रतिवद्धता समेत ब्यक्त गरेको छ ।
साधारण सभाको सभापतित्व निवर्तमान केन्द्रीय अध्यक्ष श्री सुरेश नयोङहाङले गर्नु भएको थियो । कार्यक्रममा छ सयको संख्यामा विश्वका नयोङहाङ दाजुभाई तथा छोरीचेलीहरुको सहभागिता रहेका थिए । बन्दसत्रमा धनकुटा, ताप्लेजुङ, संखुवासभा, सुनसरी, झापा, मोरङ, इलाम, काठमाडौं र प्रवास भारत लगायत विभिन्न स्थानहरुबाट एक सय सतचालिस जना प्रतिनिधि तथा पर्यवेक्षकहरुले उपस्थिती जनाएका थिए । विज्ञप्तिमा उल्लेख गरिएको छ ।