२० पुस २०८१, शनिबार | Sun Jan 5 2025

अमेरिकामा किरात धर्मावलम्बीहरुको चुम्लुङ सम्पन्न



अमेरिका । अमेरिकामा आस्थावान किरात धर्मवलम्बीहरुको चुम्लुङ सम्पन्न भएको छ । गत डिसेम्बर २४, मंगलबार पाटरसन एभिइ, एक्रोन, ओहायोमा किरात रिलिजन एण्ड कल्चरल अर्गनाईजेशन (केआरसीओ) आइएनसी युएसएको आयोजनामा किरात धर्मवलम्बीहरुको चुम्लुङ सम्पन्न भएको हो ।

ग्रेटर एक्रोन निवासी किरात धर्मावलम्बी भक्तजनहरुको बाक्लो उपस्थितिमा सम्पन्न चुम्लुङमा संस्थाको पदाधिकारीहरु, साङ्दाङ्गेन वारूमसवा, साङ्दाङ्गेन वारूमसामा, माङ्सेवासाबा, माङ्सेवासामा, तुत्तु तुम्याहाङ, बुद्धिजीवी लगाएत बिभिन्न क्षेत्रमा आबद्ध किरात धर्मवलम्बीहरुको उपस्थितिले चुम्लुङको ओझ बढेको थियो ।

 

केआरसीओका कार्यकारी प्रमुख भक्त तिगेला खेवाको अध्यक्षतामा सम्पन्न चुम्लुङमा अध्यक्ष खेवाले संस्थाको सार मर्मलाई उजागर गराउदै २०२४ को आय व्यय, र पदाधिकारीहरुलाई आ–आफ्नो कर्तव्यको परिपालक हुनु पर्नेमा जोड दिनु भो । यसैगरी आगामी २०२५ को वार्षिक कार्यतालिका समेत प्रस्तुत गर्नु भएको थियो ।

चुम्लुङको अन्त्यमा केआरसीओ संस्थामा रिक्त रहेको युवा सशक्तिकरण कार्यक्रम र जनचेतनामुलक कार्यक्रमका लागि समेत सर्वसम्म नवनियुक्त गरिएको थियो । साथै इन्जिनियर बिक्रम फुरुम्बोले डिजाइन गरेको के.आर.सी.ओ.को लोगो सार्वजनिकसँगै उक्त लागोको बारेमा डिजाइनर विक्रमले व्यख्या समेत गर्नु भएको थियो ।

प्रकाशित मिति : १३ पुस २०८१, शनिबार  २ : १९ बजे