सोमबारे सिक्किम: किरात याक्थुङ पेभाकुम नेम्बाङ सङजुम्भो‚ माङसेबुङ ले भारतको सिक्किम प्रान्त सोरेङ जिल्ला स्थित अप्पर थाम्बोङ सोम्बारे निवासी इन्द्रबहादुर नेम्वाङ ( आर बी ) लाई अभिभावक सम्मान गरेको छ।
नेम्बाङ वंशको उत्थान, समाज रुपान्तरण लगायतका उल्लेख्य सामाजिक काम गर्दै आएका नेम्बाङ ८३ बर्ष पुगेका छन् । उहाँकै निवासमा आयोजना गरिएको सो कार्यक्रममा सङ्जुम्भोका अध्यक्ष नन्दकुमार नेम्बाङले अभिभावक सम्मानको ओैचित्य प्रष्ट पार्दै सम्मान पत्र प्रदान गरेका थिए ।
स्थानीय बुद्धिजीवी टीकाभुषण नेम्बाङको अध्यक्षतामा सम्पन्न कार्यक्रमलाई बिलकुमार नेम्बाङले सञ्चालन गरेका थिए।
कार्यक्रममा सहभागी लिम्बू भाषा विद् एच बी पन्धाकले स्वागत तथा शुभकामना मन्तव्य व्यक्त गरेका थिए । सम्मानित नेम्वाङले आफ्नो योगदानको कदर भएकोमा खुशी लागेको र बाचुञ्जेल सम्म निरन्तर समाज सेवामा लाग्ने बिचार राख्नुभयो। कार्यक्रममा किरात धर्म तथा साहित्य उत्थान संघ प्रान्तीय समिति सिक्किमका प्रतिनिधि, शिक्षक, कर्मचारी र नेम्वाङ वंशको उपस्थिति रहेको थियो।