४ फाल्गुन २०८१, आइतबार | Sun Feb 16 2025
Breaking News

लक्ष्मण र सीताको प्रेमिल गित ‘न सताउ मलाई’ सार्वजनिक


माङसेबुङ । गायक लक्ष्मण लिम्बू र गायिका सीता सिंगक लिम्बूको आवाजमा बिल्कुलै नयाँ प्रेमिल गित ‘न सताउ मलाई’ सार्वजनिक गरिएको छ ।

लेखु सहयात्रीको शब्द तथा कमल रसाइलीको संगीत रहेको गित ‘न सताउ मलाई’ को म्युजिक भिडियो समीप इन्टरटेन्मेन्ट युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।

गितमा देवेश राईको संगीत संयोजन र चन्द्र चौधरीकोे मिक्सिङ तथा मास्टरिङ रहेको छ ।

दीलिप समनको निर्देशनमा प्रेम र रोमान्स प्रस्तुत गरिएको भिडियोमा मिलन शंकर र अनिमा विश्वकर्मले अभिनय गरेका छन् ।

सुनिल बुढाथोकीको सहायक निर्देशन र मिना वर्तौलाको निर्माणमा सृष्टि थापाको मेकअप रहेको भिडियोलाई विशाल थापाले खिचेका हुन् ।

भिडियो हेर्नुहोस…