४ फाल्गुन २०८१, आइतबार | Sun Feb 16 2025

किरात धार्मिक महापर्व खिबेक्वा याक्वा सेवा तथा माङवाहाङवा वितरण महासमारोहको तयारी पूरा



माङसेबुङ: किरात धार्मिक महापर्व सावायेहाङ किरात खिबेक्वा याक्वा सेवा तथा माङवाहाङवा वितरण महासमारोहको तयारी पूरा भएको छ ।

माघ १ गतेदेखि ७ गतेसम्म सप्ताहव्यापी भव्य रुपमा मनाउने गरी आयोजना गरिएको समारोह अन्तर्गत विहिबार हिजो साक्मुरा वादेम्मा सेवा सम्पन्न गरिएको छ । शुक्रबार आज हुने भनिएको विश्व शान्ति तथा मानव एकताको निमित किरात हाङसाम मुजोत्लुङ माङहिममा येत नाम्धुङ लाधुङ सेमी सेवा शनिबार विहान सम्पन्न गरिने सावायेहाङ किरात खिबेक्वा याक्वा सेवा तथा माङवाहाङवा वितरण महासमारोहका अध्यक्ष केहेरसिं योङहाङले बताएका छन् ।

महासमारोहका अध्यक्ष योङहाङका अनुसार सो सेवामा मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द सेइङज्यू तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङदेनज्यूको समुपस्थिती रहने छ ।

सावायेहाङ खिबेक्वा याक्वा सेवा तथा माङवाहाङवा वितरण महासमारोहको आयोजनामा सप्ताह व्यापी आयोजना गरिएको कार्यक्रम शनिबार किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द सेइङज्यू तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देनज्यूहरुको समुपस्थितीमा प्रमुख अतिथिबाट समुद्घाटन कार्यक्रम हुने समारोहका अध्यक्ष तथा किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेन्ना सेवा समितिका अध्यक्ष केहेरसिं योङहाङले बताएका छन् ।

सेवा समारोह अन्तर्गत शनिबार (भोलि माघ ५ गते) सावायेहाङ किरात खिबेक्वा याक्वा सेवा तथा माङवाहाङवा वितरण महासमारोह प्रमुख अतिथिबाट समुद्घाटन, जातीय झाँकी प्रदर्शन, अतिथिबाट शुभकामना मन्तव्य, तथा मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द ‘सेइङ’ज्यू तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देनज्यूबाट धन्यवाद आशीर्वचन प्रदान हुनका साथै लोक संस्कृति साहित्य सम्मान वितरण कार्यक्रम आयोजना गरिएको महासमारोह प्रचारप्रसार उप समिति संयोजन संस्था किरात इङभो पान्जुम्भोले जनाएको छ ।


त्यसैगरी साँझ बृहत सांस्कृतिक सांगीतिक कार्यक्रम सञ्चालन हुने समारोह सांस्कृतिक विभाग किरात साम्यो साक्थिम्गेन मुजोत्लुङ पान्जुम्भोले जनाएको छ ।

आइतबार (माघ ६) गते मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द सेइङज्यू तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देनज्यूबाट विशेष माङ आशीर्वचन हुने भएको छ । मुहिङगुम अङसीमाङ तथा मुहिङगुम अङसीमामाङमा मिक्तोक (उपहार) अर्पण गर्ने साथै संस्थागत धन्यवाद–पत्र वितरण र पुस्तकरपुस्तिका विमोचन हुने कार्यक्रम समेत रहेको छ ।

त्यसैगरी भक्तजनहरुबाट संकलन गरिएको माङवाहाङवा (बीउविजन) लाई सेवा गरी मुहिङगुम अङसीमाङ तथा मुहिङगुम अङसीमामाङको हस्तबाहुलीबाट सबै भक्तजनहरुमा वितरण गरिने महासमारोहले जनाएको छ । भने साँझ बृहत सांस्कृतिक सांगीतिक कार्यक्रम सञ्चालन हुनेछ ।

प्रकृतिपूजक किरात समुदायले भूमिमा खनजोत गर्न अघि प्रकृति (पञ्चतत्व) को सेवा गरी माङवाहाङवा मागेर सबै भक्तजनहरुमा माङवाहाङवा वितरण गर्ने प्रचलन अनुसार मुहिङगुम अङसीमाङ तथा मुहिङगुम अङसीमामाङ देव उपस्थितीमा हरेक वर्ष खिबेक्वा याक्वा सेवा (उभौली पर्व)को अवसरमा माङवाहाङवा (बीउविजन) वितरण हुने गरेको छ ।

प्रकाशित मिति : ४ माघ २०८१, शुक्रबार  ४ : ४९ बजे