माङसेबुङ । गायक असारसिं निङ्लेकु र गायिका दुर्गा तुम्साको आवाजमा रहेको लिम्बू संस्कृतिमा आधारित पालाम ‘अतिल्लेआङ मेन्निए चिङने कत्ने’ (निङवासुम २७) सार्वजनिक गरिएको छ ।
सुन्दर निङ्लेकुको शव्द संकलन तथा असारसिं निङ्लेकुको लय संकलनमा गायिका निरन्ता नेम्बाङ र गायक बिवस नेम्बाङको समेत आवाज रहेको पालाम ‘अतिल्लेआङ मेन्निए चिङने कत्ने’ (निङवासुम २७) को भिडियो रीता फोम्बो ठुली अफिसियल युट्यूव च्यानल मार्फत सार्वजनिक गरिएको हो ।
उदय बेघा लिम्बूको निर्देशन रहेको पालाम भिडियोमा हाङ चेम्जोङ, जानु फोम्बो, संजिब लिम्बु लावती, संध्या लिम्बू, मिना महरेसङ, ज्ञानु लावती, ज्ञानु याक्खा, मोनि हाङ्मा सम्बाहाङ्फे, सुन्दर निङ्लेकु, असारसिं निङ्लेकु र मिरा फियाकको अभिनय रहेको छ ।
पालाम भिडियोमा इशाक जबेगुको छायांकन तथा सम्पादन र रविना लिम्बूको मेकअप रहेको छ ।
पालाम हेर्नुहोस…