५ भाद्र २०८२, बिहिबार | Thu Aug 21 2025

गंगा र गगनको पालाम ‘लुङ्मेन्दिङ सेवा’ सार्वजनिक (भिडियोसहित)



गायिका गंगा फियाक र गायक गगनप्रकाश लावतीको स्वरमा सजिएको ‘लुङ्मेन्दिङ सेवा’ बोलको पालाम सार्वजनिक भएको छ।

गोविन्दप्रकाश फियाक ‘खोल्से जेठा’ले संकलन गर्नुभएको पालामको भिडियो गंगा फियाक युट्युब च्यानलमार्फत सार्वजनिक गरिकएको हो। पालाममा उदय बेघा र रबिना आङदेम्बेको सहायक स्वर रहेको छ।

पालामको भिडियोमा टेकिन्द्र सेन्दाङ‚ गगनप्रकाश लावती‚ धीरेन्द्र रुम्दाली राई‚ थोक्फेला लिङ्देन‚ गंगा फियाक‚ रेखा लावती र माया पाख्रिन लोक्तामको अभिनय रहेको छ। भिडियोको छायाङ्कन र सम्पादन कृष्ण थलङले गर्नुभएको छ। संगीत संयोजन मनोज साङसोन राईको रहेको छ।

प्रकाशित मिति : १७ श्रावण २०८२, शुक्रबार  २ : २५ बजे