लिम्बू भाषाकी लोकप्रिय गायिका गंगा फियाक र युवा माझ लोकप्रिय उदीयमान गायक केहेरसिंह लिम्बू को स्वरमा रहेको ‘भेटै भयो बैंसमा’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ ।
गीतमा यासेली योङहाङको शब्द तथा केहेर र सुमन तामाङको संगीत रहेको छ। लिम्बू लोकगीत पालामको भाकालाई फ्युजन गरिएको गीत सुमधुर रहेको छ।
दिनेश माङमु लिम्बूको निर्देशन रहेको भिडियोमा यासेली योङहाङ र मिना लिम्बूले अभिनय छ। एक जोडीको वियोगान्त प्रेमकथालाई भिडियोमा उतारिएको छ। भिडियोमा सुजन श्रेष्ठको छायांकन, मोती सिग्देलको सहायक छायांकन, याङसाङ मुकारुङको आर्ट, कृष्ण सुवेदीको मेकअप र अनिल रानाको सम्पादन रहेको छ ।