२९ कार्तिक २०८२, शुक्रबार | Fri Nov 14 2025

गुरु निजी आश्रममा विश्व शान्ति सेवा



माङसेबुङ । गुरु निजी आश्रममा विश्व शान्ति तथा मानव एकताका लागि आयोजित सेवा सम्पन्न भएको छ ।

मुहिङगुम अङसीमाङ आत्मानन्द लिङ्देन ‘सेइङ’ तथा मुहिङगुम अङसीमामाङ पवित्रहाङमा साँबा लिङ्देनको माङसेबुङ गाउँपालिका ५ लारुम्बामा रहेको गुरु निजी आश्रमको किरातेश्वर सिद्ध हाङसाम माङहिममा सावायेहाङ मुवेक्वा आप्लुङगेन ताङसेप चोमेन सेवा सम्पन्न भएको हो । सेवा गत कार्तिक ८ गतेदेखि कार्तिक १६ गतेसम्म सञ्चालन भएको थियो ।

सेवा सम्पन्नपछि अङसीमाङ तथा अङसीमामाङले भक्तजनहरूलाई फूलमाला लगाइदिएर आशीर्वाद प्रदान गर्नुभएको थियो । सो कार्यक्रममा मुहिङगुम अङसीमाङ आत्मानन्द लिङ्देन तथा मुहिङगुम अङसीमामाङ पवित्रहाङमा साँबा लिङ्देन आशीर्वचन समेत भएको थियो ।

प्रकाशित मिति : १८ कार्तिक २०८२, सोमबार  ५ : ४४ बजे