१ चैत्र २०८२, आइतबार | Sun Mar 15 2026

ऊर्जा मन्त्री घिसिङद्वारा धर्मगुरू तथा गुरुआमाको दर्शनभेट



ऊर्जा, जलस्रोत, सहरी तथा भौतिक पूर्वाधार मन्त्री कुलमान घिसिङले किरात धर्मगुरु आत्मानन्द लिङदेन ‘सेइङ’ तथा गुरुआमा पवित्रहाङमा साँबा लिङ्देनको दर्शन भेट गर्नुभएको छ।

केही दिनदेखि काठमाडौंमा रहनुभएका धर्मगुरु लिङ्देनसँग मन्त्री घिसिङले धर्मगुरु रहनुभएको ठाउँमा पुगी मंसिर १० गते दर्शन भेट गर्नुभएको हो।

दर्शनभेटमा धर्मगुरुले मन्त्री घिसिङलाई दमक-रबी (फाल्गुनन्द) सडक र महमाई-लारुम्बा आत्मानन्द सडक कालोपत्रे गर्नुपर्ने स्मरण गराउनुभएको दर्शनभेटमा सहभागी खगेन्द्र माखिमले जानकारी दिनुभयो। यस्तै‚ गुरु निजी आश्रम र किरात केन्द्रीय माङहिम रहेको माङसेबुङको रिङरोड, पान्थरको सिलौटी, लब्रेकुटी आदि ठाउँमा विकास कार्यलाई प्राथमिकता राख्न पनि ध्यानाकर्षण गर्नुभएको थियो।

प्रकाशित मिति : ११ मंसिर २०८२, बुधबार  ११ : ४८ बजे