३० चैत्र २०८२, सोमबार | Mon Apr 13 2026

किरात धर्मगुरूको जन्मोत्सवमा माङसेबुङमा बिदा



किरात धर्मगुरु आत्मानन्द लिङ्देनको जन्मोत्सवको दिन मंसिर १८ गते इलामको माङसेबुङ गाउँपालिकाले सार्वजनिक बिदा दिएको छ।

मंसिर १६ गते विज्ञप्ति जारी गर्दै गाउँपालिकाले एक दिन स्थानीय बिदा दिने जानकारी दिएको हो। उक्त दिन गाउँपालिकाभित्रका सरकारी तथा गैरसरकार संघ संस्था सबैलाई सार्वजनिक बिदा दिइएको जनाइएको छ। मंसिर १८ गते गाउँपालिका कार्यालय‚ वडा कार्यालय‚ शैक्षिक संस्था‚ वित्तीय संस्था‚ स्वास्थ्य चौकी तथा इकाइहरू बन्द रहने छन्।

गाउँपालिका अध्यक्ष हेमन्त राईले विज्ञप्ति जारी गर्दै किरात धर्मगुरू मुहिङगुम अङसीमाङ आत्मानन्द लिङ्देन ‘सेइङ’को ७२औं जन्मोत्सवको अवसरमा माङसेबुङबासी तथा किरात धर्मावलम्बीहरूमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरिएको छ। गाउँपालिकाले विगतका वर्षहरूमा पनि मंसिर १८ गते बिदा दिँदै आएको थियो।

प्रकाशित मिति : १७ मंसिर २०८२, मंगलबार  ९ : ४५ बजे