२७ मंसिर २०८२, शुक्रबार | Fri Dec 12 2025

नालीफूङवामा नयाँ नेतृत्व



किरात साम्यो नालीफूङवा मुजोत्लुङ पान्जुम्भोको अध्यक्षमा शंकर केरुङ चयन हुनुभएको छ।

इलामको माङसेबुङ गाउँपालिका-५‚ माङसेबुङमा मंसिर २१ गते सम्पन्न पान्जुम्भोको छैटौं सम्मेलनले केरुङको अध्यक्षतामा १४ सदस्यीय कार्यसमिति चयन गरेको हो। पान्जुम्भोको उपाध्यक्षमा लोकेन्द्र कार्कीढोली‚ सचिव बाइसकुमार राई, सहसचिव दिवस तिगेला र कोषाध्यक्ष लोकेन्द्र लाओती चयन हुनुभएको छ।

यसैगरी पान्जुम्भोको सदस्यहरूमा सबिन साम्पाङ, चन्द्र लिङखिम, विवेक नेम्बाङ, रामचन्द्र सङबाङफे, सञ्जिव लिम्बू, डिल्ली इङनाम, लिमुकसाम नेम्बाङ, समीर चेम्जोङ र रेनुका लाओती चयन हुनुभएको छ। नालीफूङवा पान्जुम्भो किरात धर्मसम्बद्ध युवाहरूको संगठन हो।

अभिनन्दन र सम्मान

सम्मेलनको अवसरमा नालीफूङवा मुजोत्लुङ पान्जुम्भोले किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेन्ना सेवाका अध्यक्ष केहेरसिं योङहाङलाई अभिनन्दन गरेको छ। यस्तै‚ पान्जुम्भोकी संस्थापक कोषाध्यक्ष मनभक्ति साँबा र पूर्वसचिव जगत पत्रेलाई सम्मान गरिएको थियो।

माङगेन्ना सेवाका अध्यक्ष केहेरसिं योङहाङलाई अभिनन्दन गरिंदै।

समारोहमा किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेन्ना सेवा समितिका केन्द्रीय अध्यक्ष केहेरसिं योङहाङ, माङगेन्ना सेवा समितिका उपाध्यक्ष होम लिङदेन , आत्मा पवित्र हक्चात् यक्चुमका अध्यक्ष मनकुमार आङबुहाङ, नालीफूङवा पान्जुम्भोका संस्थापक अध्यक्ष नन्दकुमार नेम्बाङ, पूर्वअध्यक्ष विक्रम वनेम फागो‚ माङसेबुङ गाउँपालिका वडा नम्बर ५ का अध्यक्ष नरेन्द्र राई र निवर्तमान अध्यक्ष पृतिमान राई लगायतले नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई बधाई तथा शुभकामना दिनुभएको थियो।

पूर्वसचिव जगत पत्रेलाई सम्मान गरिंदै।

नालीफूङवाका पूर्वअध्यक्षहरू नन्दकुमार नेम्बाङ र विक्रम वनेम फागो। तस्वीरहरूः योगेश लाओती

प्रकाशित मिति : २३ मंसिर २०८२, सोमबार  १ : ५१ बजे