७ पुस २०८२, सोमबार | Mon Dec 22 2025

किरात समाज सेवा समितिको सम्मान र छात्रवृत्ति



किरात समाज सेवा समिति तेह्रथुमले विभिन्न व्यक्तिलाई सम्मान तथा छात्रवृति प्रदान गरेको छ।

तेह्रथुमको म्याङलुङमा मंसिर २७ गते सम्पन्न १०औं साधरणसभाको अवसरमा सम्मान तथा छात्रवृत्ति प्रदान गरेको हो। समितिले ९७ वर्षीय नरधोज पाहिमलाई ज्येष्ठ नागरिक सम्मान र डिबी लिङदम ‘सेसेमी’लाई किरात धर्म र पत्रकारिताको माध्यमबाट समाजमा पुर्‍याएको योगदानको कदर गर्दै सम्मान गरिएको थियो। लिङदम किरात धर्मको सांस्कृति समिति किरात साम्यो साक्थिम्गेन मुजोत्लुङ पान्जुम्भोका पूर्वअध्यक्ष हुनुहुन्छ। यस्तै‚ कान्देङहाङ थेगुवा लिम्बूलाई छात्रवृत्ति प्रदान गरिएको थियो।

समितिका अध्यक्ष टटबहादुर पंधाकको अध्यक्षतामा भएको कार्यक्रममा जीवन विज्ञान योगका प्रशिक्षक तथा समाजसेवी राधा पोख्रेल प्रमुख अतिथि‚ किरात साम्यो नालीफुङवा मुजोत्लुङ पान्जुम्भोका  पूर्व केन्द्रीय अध्यक्ष विक्रम वनेम‚ जीवन योग विज्ञान जिल्ला तेह्रथुम प्रशिक्षक इन्दिरा सङबाङफे अतिथि रहेका थिए।

प्रमुख अतिथिले पोख्रेलले किरात समाज सेवा समितिलाई म्याङ्लुङ बजारमा आठ आना जग्गा दान सहित नगद ५० हजार दिने घोषणा गर्नुभएको थियो। उक्त जग्गामा संस्थाको कार्यालय, किरात माङहिम बनाउन सकिने उहाँले बताउनुभयो।

प्रकाशित मिति : ३० मंसिर २०८२, सोमबार  ६ : ४७ बजे