७ पुस २०८२, सोमबार | Mon Dec 22 2025

माङसेबुङमा किरात धार्मिक प्रशिक्षण हुँदै



इलामको माङसेबुङ गाउँपालिका-५‚ माङसेबुङमा किरात धर्मदर्शन‚ किरात साम्जीक मुन्धुम र कर्मकाण्डबारे प्रशिक्षण हुने भएको छ।

किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेन्ना सेवा समितिको आयोजनामा पुस १६‚ १७ र १८ गतेसम्म प्रशिक्षण हुने भएको हो। प्रशिक्षण गुरु निजी आश्रममा हुने आयोजक समितिका अध्यक्ष केहेरसिं योङहाङले जानकारी दिनुभयो। प्रशिक्षणमा किरात धर्मजन्य संघ संस्थाका पदाधिकारी तथा सदस्य‚ साङदाङगेन वरुमसाबा‚ माङसेवासाबा र सेवासामा र शाखा माङहिम सञ्चालक समितिका पदाधिकारीहरू सहभागी हुन पाउने जनाइएको छ।

यस्तै‚ सोही अवसरमा मुहिङगुम अङसीमाङ आत्मानन्द लिङ्देन ‘सेइङ’ तथा मुहिङगुम अङसीमामाङ पवित्रहाङमा साँबा लिङ्देनबाट आशीर्वचन पनि हुने छ।

प्रकाशित मिति : १ पुस २०८२, मंगलबार  ५ : ४८ बजे