२० चैत्र २०८२, शुक्रबार | Fri Apr 3 2026

चुलिढुंगा वाणिज्य प्रवर्द्धन समितिमा नयाँ नेतृत्व



रोङ गाउँपालिका-६, कुवापानीमा अवस्थित चुलिढुंगा वाणिज्य प्रवर्द्धन समितिको दोस्रो सम्मेलन सम्पन्न भएको छ।

सम्मेलनले रामबहादुर राईको अध्यक्षतामा ११ जना कार्यसमिति निर्वाचित गरेको छ। निर्वाचित नयाँ समितिको उपाध्यक्ष याममाया तामाङ , सचिव दिलबहादुर लिम्बू, सहसचिव हर्कमान सुन्दास र कोषाध्यक्ष फुर्वा तामाङ निर्वाचित हुनुभएको छ। सदस्यहरुमा मुनाकुमारी गोले, पुष्पलाल विक, अविनास लिम्बू‚ कोपिला राई, विनिता राई र तुलाराम राई चयन हुनुभएको छ।

स्थानीय कृषकहरूले उत्पादन गरेको कृषिजन्य उत्पादनलाई संकलन गरी बजारसम्म पुर्‌याउने उद्देश्यले स्थापित यस संस्थाले प्रत्येक आइतवार चुलिढुंगा कृषिबजार ६ वर्षदेखि सञ्चालनमा छ।

प्रकाशित मिति : १५ पुस २०८२, मंगलबार  ९ : ४६ बजे