पवित्रहाङमा गोल्डकप फुटबल प्रतियोगिताको चौथो खेलमा फेयर फुटबल क्लब, धरान सेमिफाइनलमा प्रबेश गरेको छ।
इलामको माङसेबुङ–५ स्थित आत्मानन्द रंगशालामा सञ्चालन भइरहेको खेलमा फेयर फुटबल क्लब धरान सेमिफाइनलमा प्रवेश गरेको हो।

हिमालय फुटबल क्लब कर्साङ, दार्जिलिङबीच भएको खेल गोलरहित बराबरी भएपछि ट्राइबेकर गरिएको थियो। खेलको उत्कृष्ट गोल रक्षक गंगा गुरुङ घोषित भइन्। उनले ३ हजार ५७० रुपैयाँ प्राप्त गरेकी छन्।
भोलि हुने सेमिफाइलनमा दुई खेल हुनेछन्। पहिलो खेल जनता सेबेन, इलाम र मिक्लाजुङ पान्थरबीच हुनेछ भने र दोश्रो सेमिफाइनल दारिम्बा फुटबल क्लब, पान्थर र फेयर फुटबल क्लब, धरानबीच हुनेछ। फाइनल फागुन २ गते हुनेछ।

किरात धर्म गुरुआमा मुहिङगुम अङसीमामाङ पवित्रहाङमा साँबा लिङदेनको जन्मोत्सवको अवसरमा आयोजित पवित्रहाङमा गोल्डकप अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता हो। धर्मगुरुआमाको ७०औं जन्मोत्सवको अवसरमा भएको १६औं संस्करणको विजेताले तीन लाख ७० र उपविजेताले दुई लाख ७० रुपैयाँका साथ ट्रफी र मेडल प्राप्त गर्नेछन्। प्रतियोगितामा सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलकिपर, उत्कृष्ट खेलाडी, उदीयमान खेलाडी र उत्कृष्ट डिफेन्सलाई आकर्षक नगद पुरस्कार प्रदान गरिने आत्मा–पवित्र खेलकुद समितिका अध्यक्ष मनकुमार आङबुहाङले जानकारी दिनुभयो।
प्रतियोगिता किरात धर्मगुरुआमा साँबा पवित्रहाङमा नोमाङगेन्ना महासेवा समारोह र आत्मा–पवित्र खेलकुद समितिको आयोजनामा भएको हो।


