३० माघ २०८२, बिहिबार | Fri Feb 13 2026

पवित्रहाङ गोल्डकप उपाधीका लागि दारिम्बा पाँचथर र जनता सेवेन इलाम भिड्दै



पवित्रहाङमा गोल्डकप अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको जनता सेबेन क्लब इलाम र दारिम्बा पाँचथर फाइनलमा प्रवेश गरेको छ ।

इलामको माङसेबुङ गाउँपालिका–५ स्थित आत्मानन्द रंगशालामा विहिबार सम्पन्न पहिलो सेमिफाइनल खेलमा मिक्लाजुङ फुटबल क्लब पाँचथरलाई ५–१ गोल अन्तरले पराजित गर्दै जनता सेबेन क्लब इलाम फाइनल प्रवेश गरेको हो ।

जनताका लागि सरिता नाथले लगातार ३, रेखा विष्ट र सानिमा लामाले १–१ गोल गरेका थिए । यस्तै मिक्लाजुङको तर्फबाट रेजिता आले मगरले गोल गरेपनि खेलमा फर्कन सकेन ।

त्यसैगरी दोस्रो सेमिफाइनल खेलमा दारिम्बा फुटबल क्लब याङवरक पान्थर फाइनल पुगेको छ ।

फेयर फुटबल क्लब धरान सुनसरीलाई १–० गोल अन्तरले पराजित गर्दै दारिम्बा फुटबल क्लब फाइनल प्रवेश गरेको हो ।

दारिम्बाका मनिता तुम्ब्रोकले गरेको गोल निर्णयक बन्न पुगेको हो । खेलको उत्कृष्ट खेलाडी मनिता तुम्ब्रोक र जनता सेबेनका सरिता नाथले नगद ३ हजार ५ सय ७० प्राप्त गरे ।

मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङदेनज्यूको ७० औं शुभजन्मोत्सव तथा मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द सेइङज्यूको नुमाङगेन्ना सेवा महासमारोहको अवसरमा आयोजित पवित्रहाङमा गोल्डकप प्रतियोगिताको फाइलन खेल आगामी फागुन २ गते हुने आयोजकले जनाएको छ ।

प्रतियोगितको विजेता टिमले नगद ३ लाख ७० रुपैयाँ र उपविजेताले २ लाख ७० रुपैयाँका साथ ट्रफी र मेडल प्राप्त गर्ने छन् ।

प्रतियोगितामा नेपाल र भारतका ८ प्रतिष्ठित फुटबल क्लबहरुलाई आमन्त्रण गरिएको थियो । सहभागी टिमहरुमा नेपालबाट फेयर फुटबल क्लब सुनसरी, जनता सेवेन क्लब इलाम, मिक्लाजुङ फुटबल क्लब पाँचथर, दारिम्बा फुटबल क्लब याङवरक पाँचथर, बेलबारी फुटबल क्लब मोरङ, पद्मा स्पोर्टस क्लब ओखलढुङगा र लेटाङ फुटबल क्लब मोरङ रहेका थिए । यसैगरी भारतबाट पाहुना टोलीका रुपमा हिमालय फुटबल क्लब कर्साङ दार्जिलिङ सहभागि थिए ।

तस्बीर: योगेश लाओती

 

 

 

 

 

 

प्रकाशित मिति : ३० माघ २०८२, बिहिबार  ११ : ३९ बजे