माङसेबुङ गाउँपालिकाले किरात धर्मगुरुआमा मुहिङगुम अङसीमामाङ पवित्रहाङमा साँबा लिङ्देनको जन्मोत्सवमा सार्वजनिक बिदा दिएको छ।
गाउँ कार्यपालिकाको बैठकले धर्मगुरुआमाको ७०औं जन्मोत्सवका दिन गाउँपालिकाभित्र स्थानीय बिदा दिने निर्णय गरेको हो। गाउँपालिका अध्यक्ष हेमन्त राईले हस्ताक्षर गरी फागुन १ गते जारी गरिएको सूचनामा फागुन ३ गते गाउँपालिकाभित्र रहेका सरकारी कार्यालय, सामुदायिक तथा निजी विद्यालयहरू, वित्तीय संस्थाहरू र सरकारी तथा गैरसरकारी संघ संस्थाहरूको कार्यालयमा सार्वजनिक बिदा हुने जनाइएको छ।
गाउँ कार्यपालिकाकले जन्मोत्सवको अवसरमा धर्गगुरुआमाको सुख, शान्ति र दीर्घ जीवनको कामना गर्दै माङसेबुङवासी तथा किरात धर्मावलम्बीहरूमा सुख, शान्ति, समृद्धि एव उत्तरोत्तर प्रगतिको कामना गरेको छ।



