६ कार्तिक २०८१, मंगलबार | Wed Oct 23 2024

पवित्रहाङमा कप : डिएसएफसी इलामलाई हराउँदै कनकाई नगरपालिका झापा फाइनलमा



माङसेबुङ । इलामको माङसेबुङमा जारि १४ औं संस्करण पवित्रहाङमा कप महिला फुटबल प्रतियोगिताको फाइनलमा कनकाई नगरपालिका झापा प्रवेश गरेको छ ।

आज(सोमबार) माङसेबुङ ५, स्थित प्रस्तावित आत्मानन्द रंगशालामा भएको अन्तिम सेमिफाइनल खेलमा दिपेन्द्र शिखर फुटबल क्लव इलामलाई १–० गोल अन्तरले पराजित गर्दै कन्काई झापा उपाधि नजिक पुगेको हो ।

फाइनलमा प्रवेश गरेसँगै कन्काई झापाले उापाधि भिडन्तमा साविक विजेता मानेभञ्ज्याङ फुटबल क्लव दार्जिलिङ भारतसँग भेट पक्का गरेको छ ।

मानेभञ्ज्याङ भने यसअघिनै माङसेबुङ गाउँपालिका इलामलाई २–१ गोल अन्तरले परजित गर्दै फाइनल प्रवेश गरि सकेको छ । फाइनल खेल भने फागुन २ गते हुनेछ ।

खेलको पहिलो हाफमा ममता राउतले गरेको गोल नै कन्काई झापाको जितका लागि पर्याप्त बन्यो । जेनीफर राना मगरको कनर प्रहारबाट पाएको अवसरलाई सदुपयोग गर्दै रावतले सोजै जाली चुमाईन् । खेलको वुमन अफ दी म्याच कन्काई झापाकी ममता राउत घोषित भइन् ।

मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देन ६८ औं जन्मोत्सव तथा मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेईङ नुमाङगेन्ना सेवा महान समारोहको अवसरमा आयोजना गरिएको प्रतियोगिताको विजेता टिमले ३ लाख १ सय ६८ रुपैयाँ नगद पुरस्कारको साथमा ट्रफी, मेडल र प्रमाण–पत्र प्राप्त गर्नेछन्, भने उपविजेताले २ लाख १ सय ६८ रुपैयाँ सहित ट्रफि मेडल र प्रमाण–पत्र प्राप्त गर्नेछन् ।

प्रकाशित मिति : २९ माघ २०८०, सोमबार  १ : ५२ बजे