७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

मुहिङगुम अङसीमामाङ साबा पवित्रहाङमा ६८ औं जन्मोत्सव मनाइयो



  • योगेश लाओती

माङसेबुङ । किरात धर्मगुरुआमा महिङगुम अङ्सीमामाङ साबा पवित्रहाङमा लिङ्देन ६८ औं शुभ जन्मोत्सव तथा मुहिङगुम अङ्सीमाङ लिङ्देन आत्मानन्द सेइङ नोमाङेन्ना सेवा महान समारोह कार्यक्रम भव्यताकोसाथ मनाईएको छ ।

इलामको माङसेबुङ गाउँपालिका -५, स्थित किरात धर्मावलम्बीहरुको आस्थाको केन्द्र किरात हाङसाम मुजोत्लुङ माङहिमको प्राङ्गणमा बिहिवार अङसीमामाङ ज्यूको ६८ औ जन्मोत्सव  मनाइएको हो ।

अङसीमामाङको जन्म २०१३ साल फागुन ३ गते  बिहीवार बिहानको ५ बजे पूर्णिमाको दिन भएको थियोे । बुबा  बृखधोज साबा र आमा साम्सुहाङ कौशिला साबाको जेठि सुपुत्रीको रूपमा जन्म भएको हो ।

कार्यक्रममा प्रमुख अतिथि संघीय सांसद तथा नेपाली कांग्रेस नेतृ लीला बोखिम लिम्बूले अङसीमामाङ ६८ औं जन्मोत्सव महान सेवा समारोहको महादिप प्रज्वलन गरि कार्यक्रमको समुद्घघाटन गर्नुभएको थियोे ।

मुहिङगुम अङ्सीमामाङ साबा पवित्रहाङमा लिङ्देन ६८ औं जन्मोत्सव तथा मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङ नोमाङगेन्ना महान सेवा समारोहद्वारा आयोजित कार्यक्रममा ६८ जना माङसेवासाबा/सामाहरुले किरात साम्जिक माङगेना मुन्धुम वाचन गरेर अङसीमामाङको जन्मोत्सव नोमाङगेना गरिएको थियो ।

अङसीमामाङको जन्मोत्सवमा नेपालको विभिन्न जिल्लाहरु   ताप्लेजुङ, पान्थर, इलाम, झापा, मोरङ, धनकुटा, तेह्रथुम, सुनसरी, खोटाङ, संखुवासभा, भोजपुर, उदयपुर, कास्की, काठमाण्डौं, भक्तपुर, ललितपुर लगायत जिल्लाहरुबाट आएका भक्तजहरुले माङगेन्ना सेवा गरे । यसैगरी छिमेकी मुलुक भारतको दार्जिलिङ, सिक्किम, आसाम, हङकङ, बर्मा, भुटान, बेलायत, अमेरिका, क्यानडा, अस्ट्रेलिया, कोरिया, जापान, साउदी, कतार, मलेसिया, ब्रुनाई, दुबई, बहराइन, इजरायल लगायत विभिन्न मुलुकहरुबाट अङसीमाङ ज्युको जन्मोत्सवमा  आएका हजारौंको संख्यामा किरात धर्मावलम्बीहरुले समेत माङगेना सेवा गरेका थिए ।

प्रकाशित मिति : ४ फाल्गुन २०८०, शुक्रबार  ५ : ०४ बजे