७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

माङसेबुङ गाउँपालिका अध्यक्ष राई सम्मानित



माङसेबुङ : जिल्ला खेलकुद विकास समिति इलामले माङसेबुङ गाउँपालिका अध्यक्ष हेमन्त राईलाई सम्मान गरेका छन्  ।

शनिबार इलामको माङसेबुङ गाउँपालिका-२ डोलटार खेलमैदानमा सुरु भएको १४ औं संस्करणको जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्घाटनको अवसरमा गाउँपालिका अध्यक्ष राई सम्मान गरेको हो ।

उनलाई  राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालनको लागि  गाउँपालिकाको तर्फबाट व्यवस्थापन गरेर सहयोग गरेको भन्दै राईलाई दोसल्ला र सम्मानपत्रसहित सम्मान गरिएको  जिल्ला खेलकुद विकास समिति अध्यक्ष खगेन्द्र बाँस्तोलाले जानकारी दिए ।यस्तैजिल्ला समन्वय समिति इलामका प्रमुख जयप्रकाश राई पनि सम्मानित भएका छन् ।

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्घाटनकै अवसरमा जिसस प्रमुख राई सम्मानित भएका हुन् ।

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन गर्न सबै पालिकासँग समन्वय गरेर सहयोग गरेको भन्दै जिसस प्रमुख राईलाई जिल्ला खेलकुद विकास समितिदोसल्ला र सम्मानपत्रसहित सम्मान गरिएको जिल्ला खेलकुद विकास समिति अध्यक्ष बाँस्तोलाले जानकारी दिए ।

 

प्रकाशित मिति : १३ फाल्गुन २०८०, आइतबार  ४ : ४१ बजे