७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

पान्थरको स्यावामा महागुरु फाल्गुनन्द लिङ्देनको प्रतिमा शिलान्यास



माङसेबुङ । पान्थरको मिक्लाजुङ गाउँपालिका वडा नम्बर -१, स्यावास्थित राष्ट्रिय विभूति महागुरु फाल्गुनन्द लिङ्देनको प्रतिमा शिलान्यास गरिएको छ ।

आज(शुक्रबार) किरात हाङसाम थेबा माङहिमको ३२ औं स्थापना दिवस समुदघाटन कार्यक्रमका प्रमुख अतिथि मिक्लाजुङ गाउँपालिका अध्यक्ष अमरराज माखिमको  हस्तबाहुलिबाट  महागुरुको प्रतिमा  शिलान्यास भएको हो ।

कार्यक्रमका प्रमुख अतिथि मिक्लाजुङ गाउँपालिका अध्यक्ष अमराज माखिम विशेष अतिथि मिक्लाजुङ गाउँपालिका वडा नम्बर १ वडाअध्यक्ष घनेन्द्रराज आङ्देम्बे , जनता समाजवादी पार्टी  प्रतिनिधि दुर्गाप्रसाद आङ्देम्बे,राजमुपा पान्थर जिल्ला समन्वय समिति उपाध्यक्ष इच्छा बहादुर लिम्बू  लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रम सम्बोधन गर्दै प्रमुख अतिथि माखिमले महागुरु फाल्गुनन्दको प्रतिमा र अधुरो अपुरो रहेको योजनाको लागि  पालिकाको तर्फबाट बजेट बिनियोजन गर्ने प्रतिबद्धता समेत व्यक्त गरे ।

किरात हाङ्साम माङहिमको ३२ औं स्थापना दिवस कार्यक्रममा किरात धर्मावलम्बीहरुको बाक्लो उपस्थिति रहेको थियो

प्रकाशित मिति : १८ फाल्गुन २०८०, शुक्रबार  ५ : ०३ बजे