७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

‘युक्पुङ’ फिल्म दमकमा विशेष प्रदर्शन



दमक । लिम्बू संस्कृतिमा आधारित नेपाली कथानक चलचित्र ‘युक्पुङ’(बस्ती) को बिशेष प्रदर्शनीको पहिलो शो हाउसफुल भएको छ ।

झापाको दमकमा अवस्थित डि–म्याक्स सिनेमासमा आज शुक्रबार बिशेष प्रदर्शनी गरिएको याक्थुङ (लिम्बू) संस्कृतिमा आधारित चलचित्र ‘युक्पुङ’(बस्ती) को पहिलो शो हाउसफुल भएको दमक प्रदर्शनी संयोजक तथा याक्थुङ मुन्चइत चोक सयङका महासचिव बिक्रम फागो वनेमले बताए ।

थुप्रै म्यूजिक भिडियोको निर्देशन तथा चलचित्रहरुमा सहायक निर्देशन गरिसकेका कोरियोग्राफर तथा निर्देशक दिनेश माङमु लिम्बूको डेब्यू निर्देशन रहेको चलचित्र ‘युक्पुङ’(बस्ती) मा सहरबाट पढाउनलाई गाउँ बस्ती आएका शिक्षित युवक(शिक्षक) जो मात्रृभाषा नबुझ्ने, पालाम नबुझ्ने र गाउँ बस्तीमा हुर्केकी अनपढ तर मात्रृभाषा राम्रोसँग बुझ्ने पालाम गाउने, मौलिक संस्कुतिको मोह भएकी युवतीबिचको गाउँले पाराको प्रेम र दुवैको प्रेममा आईपर्ने समस्या र त्यसपछिको संघर्षको रोचक कथा आकर्षक ढंगले प्रस्तुत गरिएको छ ।

लिम्बू कथामा बनाईएका चलचित्रहरुमा दर्शकहरुमा नैरश्यता बढिरहेको अवस्थामा युक्पङ चलचित्रले भने दर्शकको प्रशंसा बटुलेको छ । पछिल्लो समय सुपर डुपर भएको चलचित्र जारीको झल्को दिलाउने युक्पुङ चलचित्रलाई दर्शकले जरी पछिको राम्रो चलचित्र बनेको प्रतिकृया दिएका छन् ।

चलचित्रमा ध्वनी संयोजन र प्राविधिक पक्षमा केहि कम्जोर देखिएपनि कथा गाउँले परिवेश वरिपरि घुम्ने भएकोले चलचित्रले मध्यान्तर अघि हसाउने र मध्यान्तर पछि भने भावुक बनाउदा दर्शकहरुाई हाँस्दा हास्दै कतिवेला रुवाउँछ पत्तै हुदैन ।

चलचित्र युक्पुङ को भालि शनिबार भने दिउँसो २ बजे र ४ बजे गरेर दूई शो प्रदर्शन हुने चलचित्र ‘युक्पुङ’ दमक प्रदर्शनी संयोजक तथा याक्थुङ मुन्चइत चोक सयङका महासचिव बिक्रम फागो वनेमले बताए ।

संयोजक वनेमका अनुसार अफिसियल÷कर्मचारी शुभेच्छुकहरुलागि भने बिशेष गरेर शनिबार दिउँसो ४ बजेको शो राखिएको बताए ।

नोगेन अग्र्यानिक इन्टरटेनमेन्टको प्रस्तुति रहेको चलचित्र युक्पुङ बिशेष प्रदर्शनीमा दमक र आस पास गरि पायक पर्ने सबै टाउँबाट उपस्थित भएर चलचित्रलाई हेरिदिन र माया गरिदिनको लागि संयोजक वनेमले अपिल समेत गरेका छन् ।

मौलिक संस्कार संस्कृति र शिक्षाको महत्व दर्शाउन खोजिएको चलचित्रमा यासेली योङहाङ, कबिता आले, कुसल थलङ, सेसेमा सेन्दाङ(कमला), मदन वनेम, डि.बी. लिम्बू, तेज आङबुहाङ, बिनु तुम्बाहाङफे, पुष्पा वनेम, प्रेम ओझा, कुमार ढकाल, सागर केरुङ, नुनाम केरुङ, मिराक वनेम, सुलभ नेम्बाङ, हिमाल लिम्बू, देउमान पालुङवा, टि.आर. सेनेहाङ र रबि किरण मादेन लगायतले अभिनय गरेका छन् ।

प्रकाशित मिति : २ चैत्र २०८०, शुक्रबार  ५ : ३३ बजे