१० कार्तिक २०८२, आइतबार | Sun Oct 26 2025

याक्थुङ फक्ताङलुङ आइडलको बैशाख १ बाट अडिसन सुरु



दमक । याक्थुङ लिम्बु कलाकारहरुको गौरवशाली छाता संगठन फक्ताङलुङ साँस्किृतिक मञ्च केन्द्रीय कार्य समितिको आयोजनामा याक्थुङ साम्लो प्रतिभाहरुको खोजी गर्ने उदेश्यका साथ ‘याक्थुङ फक्ताङलुङ आइडल सेकफुङ(सिजन) ३’ गायन प्रतियोगिता हुने भएको छ ।

आज(बुधबार) पत्रकार मञ्च दमकको सभाहलमा पत्रकार सम्मेलनको आयोजना गर्दै मञ्चले फक्ताङलुुङ आइडलबारे जानकारी दिएको हो ।

मञ्चले यसअघि फक्ताङलुङ आइडल सेकफुङ १ र सेकफुङ २ सफलतापुर्वक आयोजना गरेकोमा त्यस्कै निरन्तरता स्वरुप ‘याक्थुङ साम्लो साम्लोरिरो, साम्लोइ लोइ लाम्लोरिरो’ भन्ने मुल नाराका साथ ‘याक्थुङ फक्ताङलुङ आइडल सेकफुङ ३’ गायन प्रतियोगिता आयोजना गर्न लागेको र यसको लागि आवश्यक तयारी सुरु गरेको आयोजक फक्ताङलुङ साँस्कृतिक मञ्चका केन्द्रीय अध्यक्ष पुर्णकुमार सेर्मा(यादन)ले पत्रकार सम्मेलनमा जानकारी दिए । उनका अनुसार प्रतियोगिताको अडिसन २०८१ साल बैशाक १ गतेबाट सुरु हुनेछ । अडिसनको अवधि जेठ १ गत सम्म एक महिनाको अवधि रहनेछ । अडिसनमा याक्थुङ भाषामा जुनै पनि गित बिना ट्रायक गाएर वाट्सएप र मेलमा पठाउनु पर्ने हुन्छ ।

यसअघि सम्पन्न याक्थुङ फक्ताङलुङ आइडल सेकफुङ १ को उपाधि रविकिरण मादेनले जितेका थिए भने सेकफुङ २ को उपाधि तिर्सना नेम्बाङले जितेकी थिईन् ।

अध्यक्ष पुर्णकुमार सेर्मा(यादन)द्वारा हस्तक्षरित प्रेस बिज्ञप्तीमा भनिएको छ ः

मुन्धुममा प्रथम मानबको रुपमा प्रकट भएकी मुजिना खेयङना, मेन्छाम्गेन नाम्याप्मी सा युक्पुङग्गेन सुवाङकेम्बाका सन्तान मनातेम्बे मना सरोबर देखि हिमाल पर्बत सेन्छेइ फक्ताङलुङ आसपास लिम्बुवानमा बसोबास गर्ने, किराँत सभ्यतामा बिकसित एक जाति हो याक्थुङ लिम्बु जाति ।

सृष्टि र याक्थुङ जिवन दर्शन गाउने परम्पराले बिकसित याक्थुङ जाति मुन्धुमी गित संगीत कै माध्यम ‘ख्याली’बाट चिनापर्ची गरी ‘पालाम’ गाउदै माया प्रेम गास्ने, मरे पछि सिमेरिङ, साम्सामा गाउदै येबा, साम्बा, फेदाङमा, सेवासाबाले बिदाई गर्ने संस्कार छ । यहि तथ्यहरुले प्रष्ट हुन्छ हाम्रो जिवनमा गित संगीतको महत्व र हामी संग संगीत कति अभिन्न छ भन्ने कुरा ।

यि अमुल्य हाम्रो मुन्धुमी मौलिक संगीतहरु विभिन्न काल खण्ड समय चक्र संगै ओझेल परेका थिए यस्लाई पुनः उजागर र सरक्षण सम्बर्द्धन गर्नु पर्ने हाम्रो दायित्व हो यहि पारिस्थितीलाई हिर्दयमगम गर्दै यहाँहरु संग साक्षतकार गर्दै अगाडि बढ्ने अवसर पाउदा हामी गौरवान्वित छौं र तपाईंहरुको साथ सहयोग पूर्ण रुपमा रहनेछ भन्ने पनि आशा राखेका छौं ।

प्रतियोगिताको कार्यक्रम रुपरेखा ः

अडिसन आबेदन : बैशाक १ देखि जेठ १ गते सम्म ।
डिजिटल अडिसन : जेठ १५ देखि असार १५ सम्म डिजिटल अडिसनबाट टप १५ प्रतियोगी छनौट गर्ने ।
लाइभ अडिसन : टप १५ बाट टप १० छनौट गर्ने ।
स्थान : इलाम बजार बस पार्क छेउमा अवस्थित फ्रेन्ड्स होटल ।

मिति : २०८१ सावन २० गते ।
क्याम्पिन : मुन्धुमी स्थल तेह्रथुममा एक महिने मुन्धुमी संगीत प्रशिक्षण भदौं १ देखि असोज १ गते सम्म ।
फाइनल राउन्ड : २०८१ भदौ ५ गते देखि असोज २० गते सम्म पान्थर जिल्लामा १० प्रतिस्पर्धीलाई विभिन्न बिधामा प्रतिस्पर्धा गराउँदै प्रथम, दोस्रो, तेस्रो र सान्त्वना घोषणा गरि पुरस्कृत गराउने र आइडल समापन गर्ने ।
पुरस्कारहरु :
प्रथम पुरस्कार : नगद रु ५ लाख एउटा अडियो एल्बम, बिदेश साँगितिक भ्रमण बिजेताको ट्रफी र प्रमाणपत्र ।
दोस्रो पुरस्कार : नगद रु २ लाख पचास हजार, ४ वटा गित अडियो स्टुडियो ल लिप्सिङ भिडियो र एउटा भिडियो, प्रमाणपत्र र रनरअपको ट्रफी । साँगितिक बिदेश यात्रा दुई देशमा ।
तेस्रो पुरस्कार : नगद १ लाख २५ हजार, ३ वटा साम्लो स्टुडियो भिडियो रेकर्डिङ, एक देशमा बिदेश साँगितिक यात्रा साथै सेकेण्ड रनरअपको ट्रफी र प्रमाणपत्र ।
सान्त्वना पुरस्कार : नगद ६० हजार, २ वटा साम्लो रेकर्डिङ साथै स्टुडियो भिडियो, ट्रफी र प्रमाणपत्र ।
टप टेनलाई :एउटा एउटा साम्लो रेकर्डिङ साथै स्टुडियो भिडियो, सब टाइटल साथै आकर्षक गिफ्ट ह्याम्पर र प्रमाणपत्र ।

प्रेस बिज्ञप्ती

प्रकाशित मिति : २८ चैत्र २०८०, बुधबार  २ : ५२ बजे