७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

अनलाइन पत्रकारिता पुरस्कार -२०८१ बाट प्रकाश नेपाल पुरस्कृत



माङसेबुङ : नयाँ बुलन्दकर्मी एबम् इलामका क्रियाशील पत्रकार प्रकाश नेपाल पुरस्कृत भएका छन  । बुलन्द मल्टिटेनिकल मिडिया प्रा.लि इलामद्वारा संचालित अनलाइन पत्रिका नयाँ बुलन्द डटकमको आठौ वार्षिक उत्सवको अवसरमा नयाँ बुलन्द अनलाइन पत्रकारिता पुरस्कार -२०८१ बाट नेपाल पुरस्कृत भएका हुन ।

हिमालय टाईम्स राष्ट्रिय दैनिकका र इमेज टेलिभिजनका जिल्ला संवाददाता नेपाल नयाँ बुलन्द डटकमका उपसम्पादक समेत हुन । सोमबार इलामको माङसेबुङमा आयोजित कार्यक्रममा नेपाल सम्मानित भएका हुन । उनलाई प्रमुख अतिथी माङसेबुङ गाउँपालिकाका अध्यक्ष हेमन्त राईले दोसल्ला र सम्मानपत्र सहित नगद पुरस्कार प्रदान गरेका थिए ।

पत्रकारिताका माध्यमबाट पुर्याएको योगदानको कदर गर्दै नेपाललाई सम्मान सहित पुरस्कृत गरिएको  नयाँ बुलन्द डटकमका सम्पादक राम योङहाङले बताए । ‘नागरिकलाई सूचनाको हक प्रत्याभूति गराउन पुर्‍याएको महत्वपूणर् योगदानको कदर गर्दै सम्मान सहित पुरस्कृत गरिएको हो’ सम्पादक योङहाङले भने, ‘वार्षिक रूपमा एकजना क्रियाशील पत्रकारलाई पुरस्कृत गर्नेछौँ ।’
Nayabulanda.com

प्रकाशित मिति : ३१ बैशाख २०८१, सोमबार  १२ : ३८ बजे