६ कार्तिक २०८१, मंगलबार | Wed Oct 23 2024

मुक्कुम्लुङ क्षेत्रमा रुख काटिएको विरोधमा यातायात बन्द



दमक/मुक्कुम्लुङ क्षेत्रको मुन्धुमी र मौलिक मूल्य मान्यता नष्ट गरी केबलकार निर्माण गर्ने बहानामा जैविक तथा पर्यावरणीय क्षति पुर्याइको विरोधमा आह्वान गरिएको यातायात बन्दका कारण ताप्लेजुङ जिल्लाको जनजीवन कष्टकर बनेको छ ।

मुक्कुम्लुङ क्षेत्रमा केबलकारका नाउँमा हजारौं वर्ष पुराना रूख काटेर वातावरणीय क्षति पुर्याउने र याक्थुङ लिम्बू समुदायको उत्पत्तिसँग जोडिएको मुक्कुम्लुङको आस्थामाथि प्रहार गरिएको भन्दै ताप्लेजुङ जिल्ला, मेची राजमार्ग र तमोर करिडोरमा यातायातबन्द आह्वान गरिँदा जनजीवन कष्टकर बनेको हो ।

मुक्कुमलुङ संरक्षण संयुक्त संघर्ष समिति, पाथीभरा केबलकार खारेजी संयुक्त संघर्ष समिति, किरात याक्थुम चुम्लुङ संघीयसमितिलगायतका संघसंस्थाको आह्वानमा यातायात बन्द गरिएको हो ।

बन्दका कारण ताप्लेजुङबजारर मेची राजमार्ग त्यसैगरि तमोर करिडोरमासवारी साधन चलेका छैनन् ।

हरप्रहर न्युजबाट साभार

प्रकाशित मिति : २ जेष्ठ २०८१, बुधबार  ८ : १० बजे