६ कार्तिक २०८१, मंगलबार | Wed Oct 23 2024

तीन दिने मोबाइल जर्नालिजम तालिम दमकमा सम्पन्न



तीन दिने मोबाइल जर्नालिजम तालिम झापाको दमकमा सम्पन्न भएको छ । पत्रकार मञ्च दमकको आयोजना र माङसेबुङ गाउँपालिका वडा नम्बर २ इभाङ इलामको आर्थिक सहयोगमा शुक्रबारबाट सुरु भएको तालिम आइतबार सकिएको हो ।

तालिम समापन कार्यक्रममा दमक नगरपालिकाका प्रवक्ता एवम् दमक वडा नम्बर ८ का वडाअध्यक्ष धर्मप्रसाद दाहाल (दिपेश),को प्रमुख आतिथ्यतामा तीन दिने मोबाइल जर्नालिजम तालिम सम्पन्न भएको हो । तालिममा माङसेबुङका विभिन्न वडाबाट १७ सहित ३० जना सहभागीता रहेको थियो ।

तालिमको उद्घाटन माङसेबुङ गाउँपालिका अध्यक्ष हेमन्त राईले गरेका थिए भने पालिका उपाध्यक्ष बिनोद नेम्बाङ,  माङसेबुङ वडा नम्बर ४ का वडा अध्यक्ष नवीन योङहाङ, होटल व्यवसायी संघका प्रदेश १ अध्यक्ष राजन दङ्गाल, मञ्चका पूर्व अध्यक्षद्वय बिष्णु पोखरेल र मनकुमार गदालको उपस्थिति रहेको थियो ।

समापन कार्यक्रममा सहजकर्ताहरुलाई धन्यवाद पत्रले सम्मान गरिएको थियो भने प्रमुख अतिथि दाहालसहित लिम्बू मातृभाषा पत्रकारितामा दुई दशक बढी समयदेखि कृयाशील सेसेमी सेरेङ नाल्बोलाई मायाको चिनो प्रदान गरिएको थियो ।
पत्रकार मञ्च दमकको सभाहलमा आयोजित तालिममा भीषण राई, कमन देवान, बिष्णु पोखरेल र चिरञ्जीवी घिमिरेले सहजीकरण गरेका थिए । मञ्चका सचिव उमानाथ भण्डारीको सञ्चालन रहेको समापन तालिम पत्रकार मञ्च दमक अध्यक्ष कमन देवानको अध्यक्षतामा सम्पन्न भएको थियो ।

प्रकाशित मिति : ११ असार २०८१, सोमबार  २ : ४० बजे