६ कार्तिक २०८१, मंगलबार | Wed Oct 23 2024

माङसेबुङमा १५ शैयाको अस्पताल निर्माण कार्य सुरु हुने



माङसेबुङ गाउँपालिकाले आर्थिक वर्ष २०८१/८२ बाट १५ शैय्याको अस्पताल निर्माण कार्य सुरु गर्ने भएको छ । आईतबार गाउँपालिकामा अध्यक्ष हेमन्त राईले १५ औँ गाउँसभामा पेश गरेको आ.व. २०८१/८२ को वार्षिक नीति कार्यक्रममा अस्पताल सञ्चालनको लागि विस्तृत आयोजना प्रतिवेदन तयार भएको र माङसेबुङ ३ को मनिपुरमा जग्गासमेत प्राप्त भइसेकेकोले अस्पताल निर्माण कार्य अघि बढ्ने बताएका हुन् ।

नीति तथा कार्यक्रममा भनिएको छ -‘‘सबैलाई सुलभ स्वास्थ्य सेवा’ भन्ने मूल लक्ष्यका साथ गाउँपालिकामा १५ शैयाको अस्पताल सञ्चालनको लागि विस्तृत आयोजना प्रतिवेदन तयार तथा माङसेबुङ ३ मनिपुरमा जग्गा प्राप्ति समेत भईसकेको र अस्पताल निर्माणका लागि प्रक्रिया अघि बढिसकेकोले अस्पताल निर्माण कार्यलाई गति दिइनेछ ।’

प्रकाशित मिति : १२ असार २०८१, मंगलबार  २ : २७ बजे